
युनिक नेपाल लघुवित्तको पाँचौ वार्षिक उत्सव सम्पन्न
धनगढी/देशकै प्रतिष्ठीत लघुबित्त तथा अन्तर्राष्ट्रियस्तरको स्मार्ट क्याम्पियन सर्टिफिकेट (प्रमाणपत्र) प्राप्त युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले एक कार्यक्रमका बिच आफनो वार्षिक उत्सव मनाएको छ ।
बाँकेको कोहोलपुरमा बिहिबार एक कार्यक्रमका बिच संस्थाका शेयरधनी, कर्मचारी, लगायतको उपस्थितीमा पाँचौ वार्षिक उत्सव मनाएको हो ।
कार्यक्रममा बोल्दै युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडका कार्यकारी निर्देशक तथा लघुबित्त बिज्ञ डा. गोपाल दहितले संस्थालाई अगाडी बढाउन साथ सहयोग गर्ने सदस्य, कर्मचारी, शेयरधनी तथा सरोकारवाला निकाय सबैलाई धन्यवाद दिनुका साथै उनले गरिबीको रेखा मुनी तथा न्युन आय भएका ब्यक्तिलाई आर्यआर्जनका कृयाकलापमा महत्वपुर्ण भुमिका खेल्दै आएको समेत बताए । कार्यक्रममा युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडका अध्यक्ष शिब प्रसाद चौधरी, सञ्चालक समिति सदस्य तथा अधिवक्ता सन्तराम धरकटुवा थारु त्यसैगरि संचालक समिति सदस्य बालिका चौधरी, युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडका मानव संसाधन बिभाग प्रमुख मान बहादुर थारु,लघु बित्त सेक्सन बिभाग प्रमुख मदन चौधरी, आइटी बिभागका रमेश चौधरी, स्टोर सेक्सन बिभाग प्रमुख नरेन्द्र थारु त्यसैगरी लेखा अधिकृत ययोध्या प्रसाद चौधरी, आन्तरिक लेखा परिक्षक तथा अधिकृत राजेन्द्र चौधरी , बिनोद कुवंर, अधिकृत तुला चौधरी लगायत कर्मचारीको सहभागिता रहेको थियो ।
युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले कैलाली, कञ्चनपुर, बांके,बर्दिया,दाङ, कपिलवस्तु, गरी ६ वटा जिल्लामा ४१ वटा शाखा मार्फत सेवा गदै आइरहेको छ ।
युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि ले २०५७ साल देखी पछाडी पारिएको वर्ग थारु, दलित,मुसलिम, आदिबासी,जनजाती, सिमान्तकृत समुदाय गरिबीको रेखामुनी रहेका महिला दिदिहरुलाई लघुबित्त कार्यक्रमबाट आर्थिक रुपमा सबल बनाउदै आएको छ ।
हाल युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि संग करिब ९० हजार भन्दा बढी महिलादिदी बहिनीले लघुबित्त सेवा लिदै समुहमा बसेका छन् । युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.ले कैलाली, कञ्चनपुर, बांके,बर्दिया,दाङ, कपिलवस्तु, गरी ६ वटा जिल्लामा ४१ वटा शाखा मार्फत सेवा गदै आएको छ ।
युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि. ले २०५७ साल देखी लघुबित्त सेवा सुरु गरेको हो भने पछि २०७५ सालमा नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त गदै आफनो थप सेवा बिस्तार गरेको थियो ।