Above Article Ad
  • पुनर्वासमा सशस्त्र प्रहरीद्धारा अवैध काठ तस्करी गरिरहेको टेक्टर सहितको काठ बरामद

    Above Article Content Ad
  • कञ्चनपुरको पुनर्वासमा मंगलबार टेक्टरमै अवैध काठ तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले टेक्टर सहित काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गण मातहत रहेको बिओपी डोकेबजारका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक बिरचन्द्र भट्ट नेतृत्वको टोलीले ठुलो परिमाणको काठ बरामद गरेको हो ।सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र चन्दले अवैध रुपमा टेक्टरमा ढुवानी गरिरहेको अवस्थामा बरामद गरिएको बताउनुभयो । उहाँको अनुसार पुनर्वास नगरपालिका ११ अमरबस्ती क्षेत्रमा से १ त ३८७३ नम्बरको टेक्टर लिएर आउदै गरेको १२ थान सालका गोलीया बरामद गरिएको छ । झण्डै १ सय ४० क्युफिट काठ बरामद गरिएको उहाँले बताउनुभयो । बरामद गरिएको काठ सहित टेक्टर कुण्डा सव डिभिजन वन कार्यालय पचकडीयामा बुझाईएको सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक चन्दले जानकारी दिनुभयो ।सशस्त्र प्रहरीले बरामद गरेको काठ र टेक्टरको विषयमा कुण्डा सव डिभिजन वन कार्यालयले अनुसन्धान गर्ने जनाएको छ । कुण्डा सव डिभिजन वन कार्यालय पचकडीयाका इन्चार्ज दिनेश कुमार यादवले टेक्टर कसको नाममा रहेको पहिचान गरेर अघि बढ्ने बताउनुभयो । घटनाको प्रकृति हेर्दा उक्त काठ भारतबाट आएको हुनसक्ने आकलन गरीएको छ । काठ तस्करीमा संलग्न समुहको पहिचान गरेर कारबाही गरिने उहाँले बताउनुभयो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6