Above Article Ad
  • पुनर्वासमा प्रधानाध्यापक माथि हातपात

    Above Article Content Ad
  • पुनर्वास -पुनर्वास नगरपालिका–१, महेन्द्र बस्तीस्थित मालिका आधारभूत विद्यालयमा विद्यालय सञ्चालन भइरहेको समयमा बाह्य व्यक्तिहरू विद्यालय प्रवेश गरी प्रधानाध्यापक विष्णु बहादुर शाहीमाथि गरेको गालीगलौज र हातपातको घटनाप्रति नेपाल शिक्षक महासंघ, पुनर्वास नगर समितिले कडा आपत्ति प्रकट गरेको छ।

    शुक्रबार जारी गरिएको विज्ञप्तिमा महासंघले विद्यालय जस्तो पवित्र शैक्षिक संस्थाभित्र गरिएको उक्त असामाजिक व्यवहारले सम्पूर्ण शिक्षा क्षेत्रलाई कलंकित बनाएको भन्दै घटनाको कडा शब्दमा भर्त्सना गरेको छ। विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण वातावरणमा शिक्षा प्राप्त गर्ने संवैधानिक अधिकारमाथि धावा बोलेको यो कदमले शैक्षिक वातावरण असुरक्षित बनाएको छ, जसको नेपाल शिक्षक महासंघ घोर निन्दा गर्दछ।”

    Article inline ad #1
  • महासंघले विद्यालयमा कार्यरत शिक्षकले विद्यार्थीलाई पठनपाठन गराउने जिम्मेवारी निर्वाह गर्ने संवेदनशील समयमा भएको आक्रमणले शिक्षकको मनोबल गिराएको भन्दै यस किसिमका गतिविधि दोहोरिन नदिन सम्बन्धित निकायलाई आग्रह गरेको छ।

    Article inline ad #2

    विज्ञप्तिमा विद्यालयलाई शान्ति क्षेत्रका रूपमा स्थापना गर्दै शैक्षिक वातावरण सुरक्षित बनाउन पुनर्वास नगरपालिका र सम्बन्धित सरोकारवालालाई आग्रह गरिएको छ। साथै, विद्यालयमा उत्पन्न असुरक्षा र अशान्त वातावरणले विद्यार्थीको पठनपाठन प्रभावित हुन नदिन दोषीलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by