Above Article Ad
  • अछाममा ससुरालीबाट आफ्नो घर फर्किँदै गर्दा सिंह बाघको आक्रमणबाट घाइते

    Above Article Content Ad
    • पुनर्वास -अछाममा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। जिल्लाको ढकारी गाउँपालिका– ४ घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका–१ बस्ने ४९ वर्षीय धर्म सिंह थापा शनिवार दिउँसो बाघको आक्रमणमा परि घाइते भएका हुन्।

    थापा ससुराली दाउन्मोराबाट आफ्नो घर भिरमुड फर्किँदै गर्दा बसन्त सामुदायिक वनअन्तर्गतको बुकखोला डाँडामा दिउँसो करिब ३ बजे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

    आक्रमणका क्रममा थापाको दुवै गाला, टाउको र बायाँ हातको पाखुरामा गहिरो चोट लागेको बताइएको छ।

    Article inline ad #1
  • उपचारका लागि घाइते थापालाई जिल्ला अस्पताल मंगलसेन पु¥याइएको थियो। थापा अचानक बाघको आक्रमणमा परे पछि सो क्षेत्रमा स्थानीय बासी त्रसित बनेका छन् ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6