
नन्दराज जोशी अनेरास्ववियु कञ्चनपुर जिल्ला सह-संयोजकमा चयन !
Above Article Content Ad
पुनर्वास – अनेरास्ववियु २४औं केन्द्रीय महाधिवेशनपछि सम्पन्न केन्द्रीय समिति बैठकले कञ्चनपुर जिल्ला सह-संयोजकमा नन्दराज जोशीलाई जिम्मेवारी दिएको छ ।
अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुजन कडरियाको अध्यक्षतामा बसेको बैठकले देशभरका जिल्ला, प्रदेश र विश्वविद्यालयमा नेतृत्व चयन गरेको हो । लामो समयदेखि विद्यार्थी राजनीति र शैक्षिक क्षेत्रमा सक्रिय रहेका जोशी हाल पुनर्वास जनता माध्यमिक विद्यालयको शिक्षक अभिभावक सङ्घको सदस्य समेत छन्।
उनले शैक्षिक क्षेत्रको गुणस्तर सुधार र चौतर्फी विकासका लागि विभिन्न सरोकारवालासँग सहकार्य गर्दै आएका छन् । जोशीले भविष्यमा पनि शिक्षा र समुदाय विकासमा निरन्तर योगदान पुर्याउँदै जाने प्रतिबद्धता जनाएका छन् ।

जोशीसहित कञ्चनपुरमा अन्य पाँच जनालाई सह-संयोजकको जिम्मेवारी दिएको हो ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad














