Above Article Ad
  • बैतडीमा डेंगु रोकथामका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु

    Above Article Content Ad
  • बैतडी-बैतडीमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु भएको छ।

    बिहिबारदेखि जिल्ला सदरमुकाम क्षेत्रमा स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले वताएका छन्।

    Article inline ad #1
  • डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि बिहिबार जिल्लाको सदरमुकाम गढी, गोठलापानी क्षेत्रमा स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, जनप्रतिनिधि,नागरिक समाज तथा स्थानीयको सहयोगमा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको हो ।

    Article inline ad #2

    लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान सुरु भएको उनले बताए। बैतडीमा हालसम्म डेङ्गुबाट संक्रमित दुईवटा केस फेला परेको र प्रत्येक स्थानीय तहका शिक्षा शाखासँग समन्वय गरेर जिल्लाभरका विद्यालहरुमा डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान सञ्चालन गरिने  जनकारी दिए।

    डेङ्गु भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि लक्षण देखापर्ने गर्दछन् ।
    डेंगुबाट बच्नका लागि व्यक्तिगत र वातावरणीय सरसफाइमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by