Above Article Ad
  • चितवन राष्ट्रिय निकुञ्जले घडियाल १३३ गोही राप्ती नदीमा छाडियो

    Above Article Content Ad
  • चितवन- चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका १३३ गोहीलाई राप्ती नदीमा छाडेको छ।

    अघिल्लो आर्थिक वर्ष १०५ वटा गाही छाडिएको थियो। त्यस वर्ष शुक्लाफाँटामा २५ र बाँकेको राप्तीमा १० वटा गोही पठाइएको थियो। बाँकी यहँको राप्तीमा छाडिएको हो गत वर्ष छाडिएका गोही सन् २०२०का बच्चा हुन्। हरेक वर्ष वर्ष गोही छाड्ने गरेको भएपनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ्न सकेको छैन। गत वर्षको पुषमा राप्ती र नारायणी नदीमा गोही गणना गर्दा ३५२ वटा मात्र भेटिएको थियो।

    Article inline ad #1
  •  हाल प्रजनन् केन्द्रमा ७८२ वटा गोही रहेका छन्। तीमध्ये यस वर्ष कोरलिएका बच्चा १८५ हुन्। अघिल्लो वर्षका १५३ हुन् भने बाँकी त्यस अघिका वर्षका हुन्। प्रजनन् केन्द्रमा एउटा पुरानो भाले गोही छ। अन्यको भाले छुट्एिको छैन। घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो। विगतमा पाकिस्तान, बंगलादेश, भुटान, म्यानमार लगायतका देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमामात्रै पाइन्छन्। सन् १९४० को दशकमा यसको संख्या विश्वमा १० हजार जति रहेको पाइन्छ।

    Article inline ad #2

    सन् १९७० मा त्यसको २ प्रतिशतमात्रै संख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन्। चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन् केन्द्र स्थापना गरिएको थियो। त्यतिखेर देशभरमा एक सयभन्दा कम संख्यामा घडियाल गोही रहेको अनुमान गरिन्छ। नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन्, प्रदूषण, मान्छेले माछा मारेर खाने लगायतका कारण गोहीहरु प्राकृतिक बासस्थानमा असुरक्षित बनिरहेको थापामगरले बताए।

    नदीहरूमा बाढी आउँदा गोहीहरू बगेर सीमापारि पुग्ने समस्या रहेको छ। हरेक वर्ष नदीहरुमा गोही छाड्ने गरेको भए पनि अपेक्षाकृत रुपमा संख्या भने वढेको छैन।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by