Above Article Ad
  • कल्पना वाग्लेको अध्यक्षतामा एनआरएनए  एलसिसि हम्बर्गको अधिवेशन सम्पन्न, संयोजकमा शर्मिला रोक्का मगर

    Above Article Content Ad
  • जर्मन- जुलाई १२ तारिख शनिबारका दिन  एनआरएनए  एलसिसि (NRNA-LCC) हम्बर्गको अधिवेशन सम्पन्न भएको छ।

    जर्मनको हम्बर्गमा रहेका गैर आवासीय  नेपालीहरूको संगठन एनआरएनए  एलसिसि (NRNA-LCC) को तेस्रो अधिवेशन कल्पना वाग्लेको अध्यक्षतामा सम्पन्न भएको हो ।

    Article inline ad #1
  • कार्यक्रममा एनआरएनए जर्मनका उपाध्यक्ष अर्जुन ओलीको प्रमुख आतिथ्यतामा रहनुभएको उक्त कार्यक्रमबाट शर्मिला रोक्का मगरको संयोजकत्वमा नयाँ कार्यसमिति गठन गरिएको थियो।
    नयाँ कार्य समिति को सह-संयोजकमा हरि भण्डारी, मिना न्यौपाने , सचिवमा श्रीमती भावना लिम्बु,सह-सचिवमा सन्दीप वाईवा तामाङ,कोषाध्यक्षमा सुरज श्रेष्ठ
    ,सह- कोषाध्यक्षमा अर्जुन अधिकारी, युवा तथा खेलकुद संयोजकमा पवन जिसी ,भाषा तथा बालबालिका संयोजकमा बिन्द्रा देवी कार्की त्यस्तै, सदस्यहरूमा सुमन काफ्ले, बिना श्रेष्ठ, मन्जु केसी लामा, चिरिन राई, रविन थापा, रुपा खडका, दिलिप अधिकारी लाई चयन गरिएको थियो ।

    Article inline ad #2

    त्यसैगरी कार्यसमितिको संरक्षकको रूपमा निवर्तमान अध्यक्ष कल्पना  वाग्लेलाई राखिएको थियो । निर्वाचन कमिटीमा मानब कुमार श्रेष्ठ, नरेन्द्र श्रेष्ठ,शशी गुरुङ हुनुहुन्थ्यो भने सल्लाहकारमा  नामावली कार्यसमितिले पछि उल्लेख गर्ने कार्यक्रमका सभाध्यक्ष वाग्लेले जानकारी दिनुभयो ।

    वाग्लेको दुई वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको प्रति कार्यक्रमका प्रमुख अतिथि तथा सहभागीहरूले निकै प्रशंसासँगै धन्यवाद व्यक्त गर्नुभएको थियो।

    कार्यक्रममा आफ्नो भनाइ राख्नुहुँदै कार्यक्रमका सभाध्यक्ष कल्पना वाग्लेले दुई कार्यकाल सम्म आफूलाई सहयोग पुर्‍याउनुहुने सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद र नयाँ कार्यसमितिलाई बधाई व्यक्त गर्नुभएको थियो।

    उहाँले आफू कार्य समितिमा नरहे पनि सो संगठनका लागि आफूले गर्नुपर्ने सम्पूर्ण सहयोगका लागि आफू हरदम तयार रहने प्रतिबद्धता गर्नुभएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • One Comment

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by