Above Article Ad
  • हरिद्वारमा हुने महायज्ञमा जाने नेपालीलाई यातायात र खान बस्न निःशुल्क व्यवस्था

    Above Article Content Ad
  • धनगढी – हरिद्वार प्रेम नगर आश्रमका अष्टोत्तर महाराज तथा अभियान संयोजक हरिकृष्ण महाराजको संयोजकत्वमा महायज्ञ सञ्चालन हुने भएको छ । हरि कृपा फाउन्डेसनद्वारा आज धनगढीको होटेल सिद्धार्थमा विशेष पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो।

    नेपाल भारतबिचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले वृन्दावनमा आध्यात्मिक तथा सेवा–आधारित स्थायी आश्रम निर्माणको अभियान सञ्चालन गरिएको आश्रमका सदस्य हेमन्ता भट्टराईले बताइन। उक्त महायज्ञमा भारतका मन्त्रीहरू, धार्मिक गुरुहरू तथा योग गुरु रामदेव बाबासम्मको सहभागिता रहने समेत आयोजकले जनाएको छ ।

    Article inline ad #1
  • महायज्ञ मङ्सिर ८ गतेदेखि १५ गतेसम्म वृन्दावनमा विशेष सत्सङ्ग, भजन–कीर्तन, धार्मिक प्रवचन, पितृ पूजन कार्य भूमि–पूजन तथा आध्यात्मिक कार्यक्रमहरू रहने जनाइएको छ । भक्तजनहरूको खाना, आवास, दर्शन तथा अन्य आवश्यक व्यवस्थापन फाउन्डेसनले नै गर्ने समेत सदस्य भट्टराईले जनाएको छ ।

    Article inline ad #2

    महायज्ञमा सहभागी हुने भक्तजनका लागि नेपालगन्जदेखि वृन्दावनसम्म निःशुल्क यात्रा सुविधा उपलब्ध गराइने घोषणा गरेको छ । यसले विशेष गरी सुदूरपश्चिम र मधेस क्षेत्रमा बसोबास गर्ने भक्तजनहरूलाई सहभागी हुन सहज बनाउनेछ।

    महायज्ञमा एक हजार भन्दा बढी नेपाली भक्तजन सहभागी हुने पक्का अपेक्षा रहेको बताएका छन् । आयोजकले वृन्दावनमा बन्ने आश्रम नेपाल–भारतमै पहिलो पटक साझा सेवा केन्द्रको रूपमा विकसित हुने विश्वास व्यक्त गर्दै, यसले दुवै देशका भक्तजनलाई दीर्घकालीन आवास, भोजन, साधना, पूजा–पाठ तथा आध्यात्मिक मार्गदर्शन उपलब्ध गराउने बताए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6