
उपचारमा बेवास्ता गरेको भन्दै घाईतेका आफन्तले महाकाली यातायातको बस चल्नमा रोक
पुनर्वास– साउन ११ गते बेलौरीबाट काठमाडौंका लागि हिडेको महाकाली यातायातको ना.५ ख. ५१०० नम्बरको बस नवलपरासी पूर्व (नवलपुर) को विनयी त्रिवेणी गाउँपालिकाको दाउन्नेमा दुर्घटना भएको थियो ।
दुर्घटनामा ३३ जना घाईते भएका थिए । घाईते मध्ये पुनर्वास नगरपालिका–५ कि ५० वर्षिय कमला साउँद पनि हुन् । उनले दुर्घटनामै आफ्नो दायाँ हात गुमाएकी छन् । घाईते साउँदको भरतपुर पुरानो मेडिकल कलेजमा उपचार भईरहेको उनका छोरा सन्तोष साउँदले जानकारी दिए ।
घाईतेका छोरा सन्तोषले आमाको उपचारमा सवारी धनी र यातायात समितिले बेवास्ता गरेको आरोप लगाएका छन् । उनले बारम्बार यातायात समिति र बस धनीलाई सम्पर्क गर्दा एकले अर्कालाई सम्पर्क गर्नुभन्दै आफुलाई झेल्लाउँदै आएको गुनासो गरे । धेरैपटक सम्म उपचारका लागि सम्पर्क गर्दा समेत उपचारमा असहज भएपछि हामी महाकाली यातायातका बसलाई रोक्न बाध्य भएको उनले बताए ।
“भदौ २७ गते ना.५ ख. ४९७७ र भदौ २८ गते ना.६ ख. ७४४५ नम्बरको बस काठमाडौं जाने लागेका अवस्थामा मैले रोकेको हु ।” घाईतेका छोरा सन्तोषले भने, “आमाको उपचारमा जबसम्म सहज हुँदैन तबसम्म कुनै हालतमा पुनर्वासबाट महाकाली यातायातका बस चल्न दिँदैनौ ।”
घाईतेका आफन्तले रोकेका दुबै बस ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।
दुई दिन लगातार पीडित पक्षले बस रोकेपछि बुधबार महाकाली यातायातको काठमाडौ जाने बस नआएको बुकिङ काउन्टर आई.बि.आर.डी.का प्रतिनिधि गजेन्द्र ढकालले बताए ।