
यस्तो छ आजको राशिफल हेर्नुहोस् ।
कुनै कुराको किनमेल हुन सक्छ । कुनै कुरालाई लिएर छलफल होला । इच्छानुसारका काममा समय दिइनेछ ।
समसामयिक कुरामा जोड दिइनेछ । कुनै कुराको तयारीमा व्यस्त भइएला । अनुकूलता विचार्दै आफूलाई प्रस्तुत गरिनेछ ।
विविध कुराले गर्दा व्यस्त भइएला । सकेसम्म बेलैमा सबै काम सम्पन्न गर्न खोजिनेछन् । समयावस्था विचार्दै तदनुरूप आफूलाई परिचालन गरिनेछ ।
कुनै कुराले मन उत्साहित हुनेछ भने कुनैले चञ्चल रहला । सकेसम्म समयानुकूल रहन खोजिनेछ । पेटका बिरामीले भने खानपानमा सजग रहनुपर्ला ।
मनमा भएको तनाव हट्दा मन खुसी हुनेछ । उत्साहित मनले आफूलाई प्रस्तुत गरिएला । समयावस्था बुझ्दै तदनुरूप आफूलाई परिचालन गरिनेछ ।
घरमा कसैको आवागमन हुन सक्छ । नजानिँदो गरी कुनै कुराले व्यस्त बनाउला । सकेसम्म बेलैमा कामबाट मुक्त हुन खोजिएला ।
विविध कुराले अल्मल्याउन सक्छ । आफैंले आफ्नो सहजताको विचार गर्नुपर्नेछ । कुनै कुराले मनमा खुसी प्रदान गर्नेछ ।
पारिवारिक वातावरण सुखमय रहनेछ । विविध कामका लागि केही किनमेल होला । कतैबाट कुनै निमन्त्रणा पाइएला ।
कुनै कामको तयारीमा खट्नुपर्नेछ । अत्यावश्यक काममा सक्रिय भइनेछ । आर्थिक क्रियाकलापका काममा संलग्न रहनुपर्ला ।
समय आफू अनुकूल बन्दै जाला । इच्छाएअनुसार सबै कुराहरू टक्कटक्क मिल्दै जानेछन् । सकारात्मकताले गर्दा धेरै कुरामा सहजता हुनेछ ।
राम्रै हिसाबले भनेको कुरामा पनि अपजस आउला । जतिसक्यो मौन र तटस्थ भएकै बेस होला । हरेक कुरामा सजग रहनुपर्ने अवस्था छ ।















