Above Article Ad
  • ‘ राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’-गृहमन्त्री लेखक

    Above Article Content Ad
  • कञ्चनपुर – गृहमन्त्री रमेश लेखकले राजनीतिक अस्थिरता अन्त्यका लागि वर्तमान सरकार गठन भएको बताएका छन् ।

    निजामती सेवा दिवसका असवरमा महाकाली प्रादेशिक अस्पतालमा आज आयोजित रक्तदान कार्यक्रममा उनले तीन–तीन महिनामा सरकार परिवर्तन भएपछि राजनीतिक स्थायित्वका निम्ति वर्तमान सरकार गठन भएको स्पष्ट गरे ।

    Article inline ad #1
  • उनले निजामती कर्मचारीप्रति शुभकामना व्यक्त गर्दै स्थायी सरकारको भूमिकामा रहेका कर्मचारीेले राष्ट्र र जनतालाई केन्द्रमा राखेर सेवा गर्नुपर्नेमा जोड दिए ।

    Article inline ad #2

    “वर्तमान सरकारले कानुन र नीतिगत सुधारलाई प्राथमिकता दिएको छ, २०७२ सालमा संविधान बने पनि निजामती सेवा विधेयक सदनबाट पारित हुन सकेको थिएन,” गृहमन्त्री लेखकले भने,  “निजामती सेवा, शिक्षा ऐनलगायत विधेयक पारित हुने क्रममा छन् ।” उनले निजामति सेवा विधेयक यसै महिना पारित हुने बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by