Above Article Ad
  • ह्वाइटहाउसद्वारा हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना अनुमति रोक्का

    Above Article Content Ad
  •  काठमाडौं- अमेरिकी सरकारले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको छ ।

    अमेरिकाको गृहमन्त्री कृस्टी नोमले सामाजिक सञ्जाल एक्समार्फत् यो जानकारी दिएकी हुन् । उनले सामाजिक सन्जाल एक्समा हार्वर्ड विश्वविद्यालयले ‘कानुनसम्मत काम गर्न विफल भएकाले’ विदेशी विद्यार्थी भर्ना गर्न पाउने अनुमति खारेज गरिदिएको उल्लेख गरेकी छन् । उनले सरकारको यो निर्णय अमेरिकाका अरु विश्वविद्यालय र शैक्षिक केन्द्रहरूका लागि चेतावनी पनि भएको उल्लेख गरेकी छन् ।

    Article inline ad #1
  • ‘स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम’ अन्तर्गत अमेरिकाको सबभन्दा पुरानो र विश्वप्रतिष्ठित हार्वर्ड विश्वविद्यालयमा नेपालसहित १४० भन्दा धेरै देशका नागरिकहरुले अध्ययन गर्दै आएका छन् ।

    तर अमेरिकी सरकारले त्यो अनुमति खारेज गरिदिएकाले अब भर्ना भइसकेका विदेशी विद्यार्थीहरु अन्य विश्वविद्यालयमा स्थानान्तरण हुनुपर्ने क्रिस्टी नोमको भनाइ छ ।

    Article inline ad #2
    ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयले यहुदी विरोधी भावना फैलाउन मद्दत गरेको, चिनियाँ कम्युनिस्ट पार्टीसँग समन्वय गरेको लगायतको आरोप लगाउँदै आएको छ । तर हार्वर्डले विश्वविद्यालयले भने आरोपको खण्डन गर्दै विदेशी विद्यार्थी पढाउन अनुमति नदिने सरकारको निर्णयले अमेरिकालाई नै हानि हुने चेतावनी दिएको छ ।

    हार्वर्डमा विदेशी विद्यार्थीहरुलाई पढ्न नदिने ट्रम्प प्रशासनको निर्णयले हजारौं प्रभावित हुने बीबीसीले जनाएको छ ।

    बीबीसीका अनुसार गत शैक्षिक सत्र हार्वर्डमा ६ हजार ७०० विदेशी विद्यार्थी भर्ना भएका थिए । यो हार्वर्ड विश्वविद्यालयको कूल विद्यार्थी संख्याको २७ प्रतिशत हो ।ट्रम्प राष्ट्रपतिको रुपमा दोस्रोपटक ह्वाइटहाउस प्रवेश गरेलगत्तै सरकारी खर्च कटौतीको अभियान सुरु गरेका थिए । खर्च कटौतीको नाममा अनेक प्रतिबन्ध र आर्थिक सहायता रोक्का गर्दै आएको ट्रम्प प्रशासनको निशानामा हार्वर्ड विश्वविद्यालय पनि परेको थियो ।

    ट्रम्प प्रशासनले नीति सुधारका लागि भन्दै हार्वर्डलाई एक सूची पठाएको थियो । सूचीमा शासन, भर्ना अभ्यास र भर्ना प्रक्रियाहरूमा परिवर्तनका विषयहरु समावेश थिए । तर हार्वर्डले त्यसलाई अस्वीकार गरेको भन्दै ह्वाइटहाउसले दुई अर्ब डलर बराबरको कोष नै रोक्का गरिदिएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by