Above Article Ad
  • जापानको ओसाकामा पर्वका क्रममा रथ पल्टिँदा दुई जनाको मृत्यु, १६ घाइते

    Above Article Content Ad
  • जापानको पश्चिमी ओसाका प्रिफेक्चरका दुई सहरमा परम्परागत पर्वका क्रममा रथ पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। ।

    इजुमिसानो सहरमा पर्वमा सहभागी ५१ वर्षीय एक पुरुष आफू सवार रहेको रथ पल्टिँदा त्यसको तल च्यापिएका थिए । उनलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । उक्त दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

    Article inline ad #1
  • त्यस्तै, इजुमिओत्सु सहरमा भएको अर्को दुर्घटनामा रथ पल्टिँदा त्यसको तल च्यापिएका ४८ वर्षीय एक पुरुषको मृत्यु भएको छ । प्रिफेक्चरल प्रहरीले उक्त घटनामा अन्य नौ जना घाइते भएको जनाए  l

    Article inline ad #2

    प्रहरीका अनुसार, दुवै दुर्घटना पर्वको प्रमुख आकर्षण मानिने ‘यारिमावाशी’का क्रममा भएको आशंका गरिएको छ । यस परम्परामा सहभागीहरूले ‘दान्जिरी’ नामक परम्परागत रथलाई तीव्र गतिमा तानेर सडकका मोडहरूमा घुमाउँछन् । तीव्र गतिमा रथ मोड्ने क्रममा त्यसमा सवार व्यक्तिहरूले सन्तुलन गुमाउँदा दुर्घटना हुन सक्ने प्रहरीले जनाए ।
    दुवै दुर्घटनाको कारण र परिस्थितिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6