Above Article Ad
  • यी खानेकुरा रुघाखोकी लागेको बेला नखानुस्

    Above Article Content Ad
  • हेल्थ  : खानपान र जीवनशैली ठीक तरिकाले गर्न नजान्दा चिसोले विभिन्न समस्या निम्त्याउँछ। विशेषगरी रूघाखोकी, ज्वरो, घाँटी दुख्ने जस्ता समस्याले सताउँछन्। त्यसैले रुघाखोकी लागेको वा घाँटी दुखेको वेला खान नहुने खानेकुराको बारेमा चर्चा गर्दैछौँ।

    सुख्खा आँपको धुलो– सुख्खा आँपको धुलो खाना स्वादिष्ट बनाउन प्रयोग गरिन्छ। घाँटी दुखेको बेला खाँदा यसले अझ बढी दुखाउँछ।

    Article inline ad #1
  • चाट मसाला– चाट मसाला फलफूल चाटमा बढी मिसाइन्छ। यस्मा आँपको धुलोको मात्रा हुने भएकोले यो घाँटीको लागि खराब हुन्छ।

    Article inline ad #2

    दही– फ्लुले संक्रमित भएको बेलामा दही खाँदा बिगार गर्छ। यसले छातीमा जमेको कफलाई बाक्लो बनाउँछ।

    दूध र पनिर– दूध र पनिरमा क्याल्सियम र अन्य महत्त्वपूर्ण भिटामिन र मिनेरल भएपनि रुधा खोकी लागेको र घाँटी दुखेको बेला खान हुँदैन। यसले ‘म्युकस मेम्ब्रेन’लाई खराब गर्छ र सुनिन्छ।

    अमिलो फलफूल– सुन्तला, कागती, जुनार जस्ता अमिलोयुक्त फलफूलले रुघा खोकी लागेको र घाँटी दुखेको बेला दुखाइ बढाउने भएकोले यस्तो बेलामा अमिलोयुक्त फलफूल खान हुँदैन।

    तारेको खाना– तारेको आलु, तातो पुरी र अन्य धेरै तेलमा तारेको खानाले घाँटीमा घर्षण हुन्छ र पच्न पनि गाह्रो हुन्छ जस्ले गर्दा शरीरको रोग प्रतिरोधात्मक शक्ति कम गर्छ। रोगसँग लड्ने शक्ति कम हुदाँ रुघाखोकी निको हुन समय लाग्छ।

    इमलीको धुलो– इमलीको धुलो विभिन्न खानामा प्रयोग गरिन्छ। घाँटी दुखेको बेलामा इमलीको धुलो र जुस, दुवै खान हुँदैन।

    अनारदानाको धुलो– अनारको दानाबाट बनेको धुलो चकलेट र अन्य खानामा प्रयोग गरिन्छ र जाडोको बेलामा यस्को प्रयोगले घाँटी दुख्ने सम्भावना प्रबल रहन्छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6