Above Article Ad
  • धनगढीमा हुने अर्जुन ट्रफी अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

    Above Article Content Ad
  • धनगढी ः धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको आयोजनामा आगामी माघ १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने प्रतियोगितामा अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडीले खेल्ने भएका हुन्।

    अत्तरियाबाट भीम सार्की, विवेक यादव, साहव आलम र रसिद खानले खेल्ने भएका छन्। नेपाल प्रिमियर लिगमा भीम, साहव र रसिदले काठमाण्डौँ गोर्खाजबाट खेलेका थिए। विवेकले लुम्बिनी लायन्सबाट खेलेका थिए। सिवाईसीले ए क्याटोगोरीका चार जना खेलाडी अनुबन्ध गरिसकेको हो। बी क्याटोगोरीका पाँच जना खेलाडी गरी ९ जना खेलाडीहरूलाई राखेर टीम निर्माण गरिरहेको छ। बी क्याटोगोरीबाट सिवाईसीले सन्तोष कार्की, तृप्त दास, दिपेश कँडेल, शंकर राना र सन्दीप क्षेत्रीलाई टीमा समावेश गरेको छ। सी क्याटोगोरीका खेलाडीहरूको छनोट कार्य भईरहेको र केही दिनमा १४ सदस्यीय टीमको घोषणा गरिने प्रशिक्षक रजत शाहीले बताए।

    Article inline ad #1
  • सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ। रनिङ ट्रफीको रुपमा टी–२० फमर््याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ। लिगकम नकआउटका आधारमा आयोजना हुने प्रतियोगिताका सम्पुर्ण खेलहरु धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछन्।

    Article inline ad #2

    प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरूको सहभागीता रहनेछ। प्रतियोगितामा डिसिए धनगढी, सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाण्डौं, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुखड, न्यू होराईजन वुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोष्टन क्रिकेट झापाको सहभागीता जनाउनेछन्। प्रतियोगितामा सहभागी टोलीमा ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाईनेछ। ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन्। सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरू रहेका छन्।

    धनगढी ः धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको आयोजनामा आगामी माघ १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने प्रतियोगितामा अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडीले खेल्ने भएका हुन्।

    अत्तरियाबाट भीम सार्की, विवेक यादव, साहव आलम र रसिद खानले खेल्ने भएका छन्। नेपाल प्रिमियर लिगमा भीम, साहव र रसिदले काठमाण्डौँ गोर्खाजबाट खेलेका थिए। विवेकले लुम्बिनी लायन्सबाट खेलेका थिए। सिवाईसीले ए क्याटोगोरीका चार जना खेलाडी अनुबन्ध गरिसकेको हो। बी क्याटोगोरीका पाँच जना खेलाडी गरी ९ जना खेलाडीहरूलाई राखेर टीम निर्माण गरिरहेको छ। बी क्याटोगोरीबाट सिवाईसीले सन्तोष कार्की, तृप्त दास, दिपेश कँडेल, शंकर राना र सन्दीप क्षेत्रीलाई टीमा समावेश गरेको छ। सी क्याटोगोरीका खेलाडीहरूको छनोट कार्य भईरहेको र केही दिनमा १४ सदस्यीय टीमको घोषणा गरिने प्रशिक्षक रजत शाहीले बताए।

    सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ। रनिङ ट्रफीको रुपमा टी–२० फमर््याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ। लिगकम नकआउटका आधारमा आयोजना हुने प्रतियोगिताका सम्पुर्ण खेलहरु धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछन्।

    प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरूको सहभागीता रहनेछ। प्रतियोगितामा डिसिए धनगढी, सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाण्डौं, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुखड, न्यू होराईजन वुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोष्टन क्रिकेट झापाको सहभागीता जनाउनेछन्। प्रतियोगितामा सहभागी टोलीमा ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाईनेछ। ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन्। सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरू रहेका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6