Above Article Ad
  • धनगढी र कञ्चनपुरको पुनर्वास ३३ केभी विद्युत् प्रसारण लाइन विस्तारको ठेक्का तोडियो

    Above Article Content Ad
  • धनगढी : कैलालीको धनगढी र कञ्चनपुरको पुनर्वास ३३ केभी विद्युत् प्रसारण लाइन विस्तारको ठेक्का तोडिएको छ।

    नेपाल विद्युत् प्राधिकरण, प्रादेशिक कार्यालय, अत्तरियाले २०८० वैशाखमा गरेको सम्झौता तोडेको हो। प्राधिकरणले २०८० कात्तिक ७ गते भित्रमा विद्युत् प्रसारण लाइनको काम पूरा गर्न सम्झौता गरेको थियो।

    Article inline ad #1
  • धनगढी–पुनर्वास ३३ केभी विद्युत् प्रसारण लाइन विस्तार गर्न २०८० वैशाख ८ गते सम्झौता भएको थियो। तारुपारे निर्माण सेवाले २०८० कात्तिक ७ गतेभित्र १४ दशमलव ५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन विस्तारको काम पूरा गर्नुपर्ने हो। तर, निर्माण कम्पनीले पूरा काम गरेन। विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय, अत्तरियाले तीन सय ४० पोल र आवश्यक तारसमेत निर्माण कम्पनीलाई दिएको थियो। निर्माण कम्पनीले २२५ वटा मात्र पोल गाडेर अलपत्र छोडेपछि ठेक्का रद्‍द गरिएको छ। नेपाल विद्युत् प्राधिकरण, बेलौरीका प्रमुख गिरीले नयाँ प्रादेशिक कार्यालयले ठेक्का सम्झौता गरेको बताए। उनले भने, ‘सामान विद्युत्ले दिएको हो। तर, काम भएन।’

    Article inline ad #2

    विद्युत् प्राधिकरणले पुनर्वास क्षेत्रमा १३ मिटर उचाइका पोलमा दोहोरो विद्युत् लाइन विस्तारको योजना बनाएको थियो। पुनर्वास क्षेत्रमा विद्युतक समस्या समाधान गर्न सव–स्टेसन निर्माण र दोहोरो लाइन विस्तारको योजना रहेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6