Above Article Ad
  • अछाममा चुनावी कार्यक्रममा बालेनको सुनको सिक्री चोरी गर्ने एक जना पक्राउ

    Above Article Content Ad
  • अछाम-अछाममा बालेन शाहको चुनावी कार्यक्रममा सुनको सिक्री चोरी गर्ने एक जना पक्राउ परेका छन्।

    अछामको साँफेबगर नगरपालिका–४ छिपेखोला स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालय नजिक सोही पार्टीका बरिष्ठ नेता बालेन शाहको चुनावी भेटघाट कार्यक्रममा भिडभाडको मौका छोपी चोरी गर्ने पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका–५ बस्ने ३१ वर्षीय उमेश राय पक्राउ परेका हुन्।

    Article inline ad #1
  • रायले अछामको साँफेबगर नगरपालिका–५ नौंठाना बस्ने ४० वर्षकी सत्यदेवी कुँवरको घाटीमा लगाएको १२ दशमलव १७ ग्रामको सुनको सिक्रि चोरी गर्ने क्रममा उमेशलाई इलाका प्रहरी कार्यालय साँफेवगर, अछामबाट खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिएको जनाएको छ। सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6