
पुनर्वास -५ वडा कार्यालयद्वारा विश्व खोज दैनिकलाई खेलकुद जर्सी सहयोग
पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-५ वडा कार्यालयले खेलकुद जर्सी सहयोग गरेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा चौथोे संस्करणको हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगितामा कंचनपुरबाट सहभागी हुने विश्व खोज दैनिकको टिमलाई जर्सी सहयोग गरेको हो ।
जर्सी सहयोग गर्दै पुनर्वास-५ को वडाध्यक्ष पदम रोकायाले पत्रकार राज्यको चौथो अंग हो । उहाँहरुको संरक्षणका लागि राज्य स्तरबाट सहयोग हुन जरुरी रहेको बताउनुभयो ।
उहाँले धेरैजसो मिडियाहरुले भ्रम फैलाउने किसिमका समाचार प्रकाशित गर्नाले मिडिया प्रतिको विश्वास घटेको देखिन्छ । तर विश्वखोज दैनिकले सत्य र तथ्यमा रहेर मात्र समाचार प्रकाशित गर्न सुझाव दिनुभएको थियो ।
त्यस्तै, वडा कार्यालयले अन्य क्षेत्रसंगै खेलकुद क्षेत्रलाई पनि विशेष महत्वका साथ प्राथमिकतामा राखेर क्लब तथा बिद्यालयहरुलाई खेलकुद सामाग्री वितरण गर्दै आएको वडा सचिव रामराज जोशीले जानकारी दिनुभयो ।