
त्रिभुवनबस्तीका प्रहरी निरिक्षक भट्टको तेह्र महिना,उत्कृष्ट प्रहरी घोषितसँगै एक करोड बढि राजश्व संकलन
Above Article Content Ad
पुनर्वास–कञ्चनपुरको पुनर्वासमा रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले राजश्व संकलनमा पहिलो रेकर्ड बनाएको छ ।
प्रहरी वृत्त नयाँ बानेश्वरबाट सरुवा भई २०८० भदौ ११ गते त्रिभुवनबस्तीको जिम्मेवारी सम्हालेका प्रहरी निरिक्षक भट्टले आफ्नो एक वर्षे कार्यकालमा राजश्व संकलन तथा मालसामान बरामदमा त्रिभुवनबस्तीमा अहिले सम्मकै पहिलो रेकर्ड बनाएको हो ।
उनले एकवर्षमा एक करोड आठ लाख ११ हजार एक सय एकहत्तर रुपैँयाका राजश्व संकलन तथा मालसामान बरामद गरी जिल्ला
भरीमै उत्कृष्ट राजश्व संकलन गर्ने कार्यालयको रुपमा त्रिभुवनबस्तीलाई चिनाएका हुन् ।
त्यस्तै, साउन ३० गते बिहान घर नजिकै सडकको बीच भागमा मृत फेला परेकी पुनर्वास नगरपालिका(३, आई.बी.आर.डी. की २७ वर्षीय लक्ष्मी घर्तीको हत्यामा संलग्न पाँच जना मध्ये चार जनालाई जिल्ला प्रहरी कार्यालय कंचनपुरमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे । त्रिभुवनबस्तीको जिम्मेवारी सम्हाल्नु अघि घटेको सो घटनाको करिब एक महिनामा संलग्न हत्यारा पत्ता लगाउन सफल भएसँगै जिल्लामै पहिलो महिनाको उत्कृष्ट प्रहरीका रुपमा उनी सम्मानित हुन पुगेका थिए ।
–एक वर्ष यता अपराधका गतिविधि घट्दो ?
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको एकवर्ष यताको तथ्यांक हेर्दा विगतका वर्षहरुमा भन्दा अपराधका मुद्धा घटेको देखिन्छ ।
लागुऔषधमा बढी मुद्दा भएपनी जम्मा ७७ मुद्धा दर्ता भएको देखिन्छ । यस्ले पुनर्वास क्षेत्रबाट हुने विभिन्न अपराधिक घटनामा कमी आएको बुझिन्छ ।
–चार्डपर्व तथा मेलाहरुमा हुने जुवा नियन्त्रण ?
ईलाका प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका प्रहरी निरिक्षक भट्टले कार्यकालको सुरुवात नै जुवा नियन्त्रणबाट
गरेका हुन् । उनी जिम्मेवारी सम्हालेको दोस्रो दिनमै एक मेडिकलमा जुवा भईरहेको अवस्थामा ७ जना नियन्त्रणमा लिन सफल भएपछि पुनर्वासमा निकै चर्चामा आएका थिए । पुनर्वासमा हुने रात्रीकालिन मेला र विभिन्न चार्डपर्वहरुमा प्रशासनकै सामु खुलेयाम हुने खड्खडे लगायतका जुवा नियन्त्रणमा पनि उनको भुमिकाले निकै सफलता पायो ।
–कानुन कार्यान्व्यनमा प्रहरी निरिक्षक भट्टको कठोर कार्यशैली ?
प्रहरी निरिक्षक भट्टको कठोर कार्यशैलीले अपराधमा संलग्न जमातमा निकै त्रास बढ्दो थियो । देशभर युवाहरुमा देखिएको विकृतिलाई रोक्न युवा पिढि सुधार्न जरुरी रहेको भन्दै पुनर्वास आएपछि उनको ध्यान युवाहरुमा बढि केन्द्रित देखिन्थ्यो । उनले पुनर्वास क्षेत्रका निजि तथा सामुदायिक बिधालयहरु उनी कानुन कार्यान्वयनमा कसैको करकापमा नपरी आफ्नो कार्यलाई निरन्तरता दिन तम्सिन्थे ।
–सुरक्षालाई थप मजबुद ?
स्थानीय तहसँग समन्वय गरेर ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीलाई प्रविधिमा जोडेका छन् । अपराध आधुनिकतामा गएसँगै प्रहरीले पनि वैज्ञानिक ढंगबाट त्यसको अनुसन्धान गरिरहेको उनको भनाई छ । उनले नगरपालिकाको सहयोगबाट अपराधिक गतिविधि रोक्न विभिन्न ठाउँमा पन्ध्र ओटा सिसिटिभि जडान र दुई ठाउँमा प्रहरी बिट स्थापना गर्न सफल भएको बताए । अपराध न्युनिकरणका लागि निजि तथा सामुदायिक बिधालयमा उनले जनचेतनामुलक कार्यक्रम, कानुनी कक्षा संचालन गर्दै आईरहेका थिए ।
–के भन्छन् त प्रहरी निरिक्षक भट्ट ?
पुनर्वासको एक वर्षे जिम्मेवारी सम्हालेका प्रहरी निरिक्षक भट्टले अपराध अनुसन्धानमा प्रहरीहरुसँग स्थानीयको भुमिका सकारात्मक देखेको बताए । प्रहरी सहकर्मीहरुको सक्रियता र स्थानीयको सहयोगले पुनर्वासका थुप्रै घटनाको अनुसन्धान तथा समाजमा देखिएका विकृतिहरु नियन्त्रणमा त्रिभुवनबस्तीलाई आफ्नो कार्यकालमा सहज बनाएको उनको भनाई छ ।
प्रहरी निरिक्षक भट्टले आफुले अदालतबाट दोषि ठहर भएका थुप्रै फरार अभियुक्तलाई पक्राउ गरी कार्वाहीका लागि बुझाएको जानकारी दिए । उनले १३ महिने कार्यकालमा प्रहरीलाई कार्यसम्पादनमा सफल बनाउन ठुलो सहयोग पु¥याउनुहुने पुनर्वास र लालझाडीबासीलाई हृदय देखि नै धन्यवाद तथा कृतज्ञता व्यक्त गरे ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad