
भारतमा मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुरका २ जनाको मृत्यु
Above Article Content Ad
कञ्चनपुर- भारतमा मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुरका दुई जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–३ का २४ वर्षीय सागर परियार र भीमदत्त–१८ का १८ वर्षीय निखिल जैरुको मृत्यु भएको प्रहरीले बताएको छ ।
भारत उत्तराखण्डको उद्यमसिंहनगर जिल्लामा पर्ने नानकमत्तामा दुर्घटना भएको हो । नेपाली नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका उनीहरूको आइतबार कारसँग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीले बताए ।
Article inline ad #1
मोटरसाइकल नम्बर भने खुलेको छैन । उनीहरूको शव पोष्टमार्टम गरेर आफन्तले ल्याइसकेका बताइएको छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad