
त्रिभुवनबस्तीबाट ३५ जनाले पाए नागरिकता ,माननीय तामाङ भन्नुहुन्छ “सहज बनाउन प्रयासरत छु “
Above Article Content Ad
पुनर्वास – कंचनपुरको ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा महिनौं देखि रोकिएको नागरिकताको काम आजबाट सुचारु भएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय कंचनपुरमा कार्यरत शाखा अधिकृत उद्धब सिंह कार्कीलाई खटाएपछि प्रभावित सेवालाई निरन्तरता दिदै ३५ जनाले नागरिकता प्राप्त गरेका थिए ।
दुई दिनका लागि आफुलाई पठाईएको शाखा अधिकृत कार्कीले भने, “दरबन्दी जिल्ला प्रशासनमा हो । कर्मचारी अभावले उता तिर पनि समस्या छ । सिडियो सावले पठाएपछि महिनामा तिन पटक आएर काम गरेको छु ।”
यस विषयमा कंचनपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले प्रशासनको सेवा सुचारुका लागि आफू निकै प्रयासमा लागिरहेको बताउनुभयो । उहाँले गृहमन्त्रालयका महाशाखा प्रमुख रुद्रप्रसाद पण्डितसंगको समन्वयमा अर्को विकल्पको लागि आफुले अनुरोध गरेपछी नागरिकताको कामलाई जिल्लाबाट कर्मचारी पठाएर सुचारु गरिएको जानकारी दिनुभयो ।
गृहमन्त्रालय अन्तर्गतका २ सय ४१ जना शाखा अधिकृतको दरबन्दी रिक्त भएका कारण विभिन्न कार्यालयहरुमा सेवा प्रभावित बन्न पुगेको गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रुद्रप्रसाद पण्डितको भनाई छ । फागुन १ गतेबाट ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीका प्रमुख डम्बर सिंह खड्काको जिम्मेवारी खोसिएपछी गृहमन्त्रालयबाट म्याद थप नहुदा नागरिकता प्राप्त गर्नबाट नागरिकहरु बन्चित बन्न पुगेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
1
+1
+1
+1
Below Article Content Ad