
अमृतसरमा बिजुली नियमित, तर अझै रेड अलर्ट
Above Article Content Ad
अमृतसर: शनिवार राति अमृतसरमा तीव्र साइरन बजेको आवाज सुनिएको थियो। त्यसपछि डिप्टी कमिश्नर साक्षी साहनीले आइतवार बिहानै एक एडभाइजरी जारी गरेकी छन्।
बीबीसीका अनुसार अहिले अमृतसरमा बिजुली नियमित गरिएको छ। तर जिल्ला अझै पनि रेड अलर्टमा छ। साहनीले घरबाहिर ननिस्कन, घरभित्रै बस्न र झ्यालबाट टाढा रहन अपील गरेकी छिन्। ‘अवस्था पूरै तरिकाले सुरक्षित भएपछि प्रशासनका तर्फबाट संकेत दिइनेछ। कृपया नआत्तिनुहोस्। शान्ति बनाइराख्नुहोस् र प्रशासनको निर्देशनको पालना गर्नुहोस्’ सहानीद्वारा जारी एडभाइजरीमा भनिएको छ।शनिवार साँझ भारत र पाकिस्तानबीच जारी संघर्षमा विराम लगाउने सहमति भएको थियो। दुवै देशबीच कयौं दिनदेखि संघर्ष जारी थियो। भारत र पाकिस्तानका सेनाले एक अर्का विरुद्ध गरिएका आक्रमणलाई असफल बनाएको दाबी गरेका थिए।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad