Above Article Ad
  • मोटरसाईकल दुर्घटनामा पुनर्वास–५ वडा कार्यालयका कार्यालय सहयोगीको मृत्यु

    Above Article Content Ad
  • पुनर्र्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–५ वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी दिपक श्रीमालको मृत्यु भएको छ ।
    बुधबार बिहान पुनर्वास–६, प्रतिभानगरको मुख्य सडकमै मोटरसाईकल दुर्घटनाबाट कार्यालय सहयोगी श्रीमाल मृत अवस्थामा फेला परेका हुन् ।
    मृत अवस्थामा फेला परेका श्रीमाल आफै लडेका हुन् वा कुनै अर्को साधनमा ठोक्किएका हुन् भन्ने विषय नखुलेका कारण अनुसन्धान केन्द्रित रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक नरेशराज मल्लले जानकारी दिए ।
    श्रीमालका ५ वर्षकी एक छोरी छन् । उनी पुनर्वास नगरपालिका–६ को भवनमा परिवारसँगै बस्दै आएका थिए । मृत्यु पश्चिात सेती प्रादेशिक अस्पतालबाट पोष्ट मार्टम गरी उनको मामाघरबाट दोदा आर्यघाटमा अन्तिम दाहसंस्कारका लागि लगिएको छ ।
    घटनाप्रति समवेदना प्रकट गर्दै पुनर्वास नगरपालिका कार्यालयले पनि आज –बुधबार) शोक बिदा दिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2
    +1
    0

    Article inline ad #1
  • Upgrade with 0% interest

  • Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button