Above Article Ad
  • प्रतिभा बहुमुखी सहकारीको २६ औं वार्षिक साधारण सभा सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–६ स्थित प्रतिभा बहुमुखी सहकारी संस्थाको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
    शनिबार एक औपचारिक कार्यक्रमका बीच पुनर्वास–६ वडा कार्यालयको सभाहलमा संस्थाको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

    संस्थाका अध्यक्ष विश्वनाथ बिष्टको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै बिशिष्ट अतिथीमा पुनर्वास नगरपालिकाका निर्वतवान नगर प्रमुख जिवनराज थापा र निर्वतवान नगर उपप्रमुख शारदा बिष्ट आसिन थिए । भने विभिन्न व्यक्तित्वहरु अतिथीमा थिए ।
    प्रमुख अतिथीको तर्फबाट बोल्दै नगर प्रमुख शर्माले एउटै उद्धेश्य बोकेका सहकारीहरु मर्ज गर्न सके मात्रै सहकारीहरुको विकास हुने बताए ।
    उनले अघिल्लो वर्ष सहकारीका व्यवस्थापकहरुलाई नगरपालिकाका तर्फबाट सहकारीलाई सहज रुपमा सञ्चालन गर्ने सम्बन्धी तालिम उपलब्ध गराएको सुनाए ।
    हिजोआज बाहिरका केहि सहकारीका कारण सहकारीहरु बदनाम बन्दै गएकाले सहि तरिकाले सहकारी सञ्चालन गर्न समिति र कर्मचारीलाई नगर प्रमुख शर्माले आग्रह गरे ।
    शेयरसदस्यहरुको बाक्लो सहभागिता रहेको कार्यक्रममा सहकारीका उपाध्यक्ष कृष्णबहादुर तामाङले स्वागत मन्तव्य दिएका थिए । भने कार्यक्रम सञ्चालन व्यवस्थापक जिवन भण्डारीले गरेका थिए ।

    Article inline ad #1
  • Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by