Above Article Ad
  • लागूऔषध ओसारपोसार मात्रै होइन भारतमै पुगेर सेवन गर्छन् सुदूरपश्चिमका युवायुवती

    Above Article Content Ad
  • धनगढी-भारतको पलिया क्षेत्रमा नेपाली लागूपदार्थ सेवनकर्ताहरूको गतिविधि बढ्दै गएको छ। सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको एउटा भिडियोमा एक नेपाली युवती र केही युवाहरू उखुको खेतमा लागूपदार्थ सेवन गरिरहेको देखिन्छ।

    स्थानीय स्रोतका अनुसार पलियामा ब्राउन सुगर, स्म्याक तथा मेडिकल नशाको अवैध कारोबार खुलेआम भइरहेको छ। केही दिनअघि पलिया प्रहरीले ठूलो कारबाही गरे पनि केही समय नबित्दै अवस्था फेरि उस्तै भएको बताइएको छ।

    Article inline ad #1
  • केही दिनदेखि सामाजिक सञ्जालमा निकै फैलिएको एक भिडियोमा धनगढी घर बताउने एक युवती ब्राउन सुगर सेवन गरिरहेको देखिएकी छन्। उनी केही युवासँगै उखुको खेतमा ब्राउन सुगर सेवन गरिरहेकी देखिएकी छन्।

    Article inline ad #2

    ती युवती धनगढीबाट बन्टी नाम गरेका भारतीय केटासँग पलिया गएको सम्वादमा खुलेको छ। उनी आफूसँग पैसा नभएको र गोली खाएको बताएकी छन्। धनगढीको भन्सार क्षेत्रमा बस्ने बताउने ती युवतीसँगै देखिएका युवाहरू अश्लील कुराकानी गरेको सुनिन्छ।

    चिन्ताजनक कुरा के छ भने, प्रहरी क्षेत्राधिकारी पलियाको कार्यालयबाट केही कदमकै दूरीमा नेपाली युवक–युवतीहरू लड्खडाउँदै हिँडिरहेको देख्न सकिन्छ। यसले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको स्थानीयले बताएका छन्l

    भाइरल भिडियोमा केही स्थानमा आपत्तिजनक शब्द प्रयोग गरिएको छ। सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका युवायुवती लागू औषध सेवन गर्न भारतीय सीमावर्ती बजार जाने गरेको र त्यहाँ खुलेआम मेडिकल ड्रग तथा ब्राउन सुगर बिक्री हुने गरेको स्थानीयको दाबी छ।
    भारतीय नागरिकहरूले नेपालसँग जोडिएको भारतीय सीमा क्षेत्रका बजारमा लागू औषधको कारोवार हुने गरेको र सुरक्षा एजेन्सीहरू मौन रहने गरेको बताएका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6