
पुनर्वास नगरपालिका–५ र ६ वडा कार्यालयले मनाए मानब बेचबिखन बिरुद्धको राष्ट्रिय दिवस
Above Article Content Ad
पुनर्वास- कञ्चनपुरको पुनर्वास नगरपालिका–५ वडा कार्यालयले १७ औं राष्ट्रिय मानव बेचबिखन बिरुद्धको दिवस भव्य रुपमा मनाएको छ ।
वडाभित्रका जनप्रतिनिधि,कर्मचारी,शिक्षक, महिला स्वयंसेविका,एकल महिला,बिधार्थी लगायतको सहभागितामा राष्ट्रिय नारा सहितका प्ले कार्ड बोकेर वडा परिक्रममा गरिएको थियो ।
कार्यक्रमका क्रममा वडाध्यक्ष पदम बहादुर रोकायाले अहिलेको अवस्थामा मानब बेचबिखनका घटनाहरु झन बढिरहेको बताए । उनले प्रविधिको प्रयोगबाट यस्ता घटनामा जानेकै र बुझेकै व्यक्तिहरु मानब बेचबिखनको चपेटामा परिरहेका जानकारी दिए ।
त्यस्तै पुनर्वास नगरपालिका–६ वडा कार्यालयले पनि भव्य रुपमा सो दिवस मनाएको छ ।
कार्यक्रममा वडाभित्रका जनप्रतिनिधि,कर्मचारी,शिक्षक, रेडक्रसकर्मी,नेपाल प्रहरी,सशस्त्र प्रहरी, महिला स्वयंसेविका,एकल महिला,बिधार्थी लगायतको उल्लेख्य सहभागिता थियो ।
Article inline ad #1
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad