Above Article Ad
  • पुनर्वासको एसपिएल एकेडेमीमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सम्बन्धी तालिम सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुको पुनर्वास नगरपालिका–३ मा अवस्थित एसपिएल एकेडेमीमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।

    शुक्रबार मनोविद सिता भण्डारीले बिद्यालयका शिक्षक विद्यार्थीहरुमा स्वास्थ्यमा देखापर्ने मानसिक स्वास्थ्यको महत्व,तनाव व्यवस्थापन र मनोसामाजिक समस्याको समाधानका विषयमा एक दिने तालिमको प्रशिक्षण गर्नुभएकोे हो ।

    Article inline ad #1
  • अहिले मान्छेमा सबैभन्दा ठुलो समस्या नै तनाव देखिएको छ । जसको मारमा शिक्षक बिद्यार्थी नै बढि भएकाले देशभरका थुप्रै बिद्यालयका शिक्षक–बिद्यार्थीहरुमा यस किसिमको तालिमको आयोजना गर्दै आईरहेको मनोविद भण्डारीको भनाई छ ।

    Article inline ad #2

    शिक्षक–बिद्यार्थीहरुमा देखिने समस्याको न्युनिकरण आफ्नै तवरबाट गर्नसकुन भनि बिद्यालयले यस तालिमको आयोजना गरेको प्रिन्सिपल खगेन्द्र प्रसाद जोशीले जानकारी दिए ।उनले शिक्षक–बिद्यार्थीहरुको रिफ्रेसमेन्टका लागि विभिन्न आन्तरिक कार्यक्रम बिद्यालयले आयोजना गर्दै आएपनि यसपटक मनोसामाजिक तालिमलाई पनि फोकस गरेको बताए ।

    तालिममा कक्षा ९,१०,११ र १२ का बिद्यार्थीहरु सहभागी थिए । तालिमबाट नौलो आयाम हुने र यस्ता समस्याको समाधान हामी आफैबाट सम्भव हुने तालिमले सिकाएको शिक्षक–बिद्यार्थीहरुको तर्क थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6