Above Article Ad
  • मेरो क्षेत्रका धेरै योजना प्रदेश सरकारले समावेश गर्न सकेन : थापा

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको क्षेत्र नम्बर १ को ‘क’ बाट नेकपा एमालेबाट निर्वाचित भएका सुदूरपश्चिम प्रदेश सभा सदस्य वीर बहादुर थापाले आफ्नो क्षेत्रका धेरै योजनाहरू प्रदेश सरकारले समावेश गर्न नसकेको बताएका छन् ।

    सोमबार पुनर्वासमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्रदेश सरकारले आफ्ना क्षेत्रका धेरै योजनाहरू कटौती गरेको बताए ।‘यतिखेर आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिपक्ष दलको अनुपस्थितिमा पारित भइसकेको छ,’ प्रदेश सभा सदस्य थापाले भने,‘यो बजेटमा मेरो क्षेत्रका धेरै योजनाहरू प्रदेश सरकारले समावेश गर्न सकेन । म प्रतिपक्ष दलको भएका कारणले पनि होला,भने जस्तो काम गर्न मिल्ने कुरै भएन । त्यस कारण पनि मैले सदनमा नै बजेटका बारेमा धेरै कुरा राखी पनि सकेको छु ।’

    Article inline ad #1
  • उनले वर्तमान सरकारले ल्याएको बजेटले यस क्षेत्रको समग्र विकास हुन नसक्ने बताउँदै यस पटक सरकारसँग निरन्तरको पहलमा केही पुराना क्रमागत योजनाहरू यस क्षेत्रमा पार्न सफल भएको र नपरेका थुप्रै योजनाका लागि निरन्तर आवाज उठाई रहने बताए । उनले प्रदेश सरकारले ल्याएको बजेट मन्त्रीमुखी भएको समेत आरोप लगाए । ‘यो बजेट समानुपातिक र समावेशी तवरले आएको छैन् । मन्त्री निकटका जिल्लामा बजेट खन्याइएको छ । अन्यमा हेर्नस् सम्बोधन नै गरिएको छैन्,’ उनले भने ।

    Article inline ad #2

    सरकारले सत्तापक्षकै सांसदहरूले यो बजेटलाई पास गराउँदैनन् की भनेर हतार हतार सांसदको निर्वाचन विकास कोषमा रहेको ३ करोडलाई ५ करोड पु¥याउने आश्वासन पछि सत्तापक्षकै सांसदहरू बजेटको पक्षमा सहमत भएको बताए । यद्यपि सरकारले दिएको त्यो आश्वासन, आश्वासन मै सीमित रहने उनको भनाई थियो । पेश भएको बजेटमा सांसदको निर्वाचन विकास कोषमा पहिलेकै ३ करोड छुट्टाउने भनेर उल्लेख भएकाले अब त्यो सरकारको आश्वासन पुरा नहुने बताए । पहिलेकै ३ करोड पनि आफूहरूलाई दिनुहुँदैन भन्ने पक्षमा रहेको उनको जिकिर छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by