फिल्डमा नगई काम गरेको भन्दै धनगढी उपमहानगरपालिकाका दुई प्राविधिक निलम्बित
Above Article Content Ad
धनगढीः धनगढी उपमहानगरपालिकाका दुई जना कर्मचारी निलम्बनमा परेका छन्। उपमहानगरपालिकाका प्राविधिक कर्मचारी निलम्बनमा परेको उपमहानगर स्रोतले बताएको छ।
सरकारी बाटो कायम नगरेरै कित्ताकाटका लागि सिफारिस गरेको भेटिएपछि ती कर्मचारी एक महिनाका लागि निलम्बनमा परेको बताइएको छ। जग्गा व्यवसायीले सरकारी जग्गामा भएको बाटो देखाएर कित्ता काटका लागि सिफारिस लगेको पाइएको छ।
Article inline ad #1
फिल्डमा गएर अनुगमन गर्ने र नियमअनुसार काम गर्नुपर्नेमा सो नगरेको पाइएपछि दुबै जना कर्मचारीलाई निलम्बन गरिएको हो। कर्मचारीको नाम तथा पद भने उपमहानगरले गोप्य राखेको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad