Above Article Ad
  • प्यारातालको पर्यटन प्रवर्द्धनका लागि सहयोग जुट्ने क्रम जारी

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ मा रहेको प्यारातालमा पर्यटन प्रवर्द्धनका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ । पहिलो पटक नागरिक स्तरबाट सुरु गरिएको अभियानलाई सफल पार्न देश विदेशबाट सहयोग गर्ने क्रम जारी रहेको छ ।

    असार २६ गतेको बिहान सम्म ७५ हजार दुई सय एक रुपैयाँ सहयोग प्राप्त भएको प्याराताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतले बताए । उनले सो अभियानमा सहयोग गर्नुहुने सबैलाई धन्यावाद व्यक्त गर्नुका साथै थप सहयोग गर्न समेत सम्पूर्णलाई आह्वान गरेका छन् । पुनर्वास नगरपालिकामा पर्यटन व्यवसाय विकास गर्ने अभियानमा आम नागरिक समुदायको साथ सहयोग र समर्थनको अपेक्षा समेत गरेका छन् ।

    Article inline ad #1
  • कञ्चनपुरको पुनर्वासमा पर्यटन प्रवर्द्धनका लागी पुनर्वास ९ बिचफाँटा स्थित प्यारातालमा माछाको प्रतिमा र सेल्फी पोइन्ट निर्माण हुने भएको छ । प्यारातालको ऐतिहासिक पहिचान स्थापित गराउँदै आन्तरिक पर्यटकहरूलाई आकर्षित पार्न आवश्यक संरचना निर्माणका लागि नागरिक स्तरबाट अभियानको सुरुआत गरिएको हो ।

    Article inline ad #2

    नेपाल पत्रकार महासङ्घका सुदूरपश्चिम प्रदेश पार्षद् समेत रहेका पुनर्वासका ज्येष्ठ एवम् वरिष्ठ पत्रकार बस्नेतले गत असार २० गते सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेखि प्रतिमा निर्माणका लागि आर्थिक सहयोग गर्न आव्हान गरेका थिए । सो अभियानलाई अघि बढाउन चाहनुहुन्छ भने ९८४८६६४२८६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button