Above Article Ad
  • पुनर्वासमा अनिवार्य तथा निःशुल्क शिक्षा  कार्ययोजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुरको पुनर्वास नगरपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी कार्ययोजना कार्यान्वयन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

    बिहीबार शिक्षा शाखाको आयोजनामा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी कार्ययोजना  कार्यान्वयन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।

    Article inline ad #1
  • कार्यक्रममा सभापति पुनर्वास नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष कृष्ण बहादुर तामाङ तथा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्मा प्रमुख अतिथिमा हुनुहुन्थ्यो।।

    Article inline ad #2

    कार्यक्रममा पुनर्वास नगरपालिकाका शिक्षा शाखाका प्रमुख शिवराज भट्टले ४ वर्षदेखि १३ वर्ष उमेर समूहका सबै बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गरी नियमित पठनपाठनमा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै यस्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी सबै सरोकारवालालाई सचेत गराउनु आवश्यक अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन–२०७५ मा आएको थियो । उक्त ऐनको दफा १९ ले आधारभूत शिक्षा (कक्षा ८) प्राप्त नगरेको व्यक्ति २०८५ साल वैशाख १ गतेपछि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रको रोजगारी तथा अन्य काममा प्रवेश गर्न नपाउने बाध्यकारी व्यवस्था गरेको जानकारी दिनुभयो ।

    सरकारले हरेक वर्ष वैशाख महिनाभर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने गरेको भए पनि विद्यालयबाहिर रहेका सबै बालबालिकालाई भर्ना गराउन सकेको छैन ।  ऐन तथा नियमावलीले तोकेको व्यवस्था कार्यान्वयनका लागि समयमै कार्ययोजना नआउनुले पनि सरकारी कामकारबाहीमा सुस्तता झल्काउने गरेको छ । ऐन आएको छ वर्षपछि मात्रै कार्यान्वयनका लागि सरकारले पहिलो पटक कार्ययोजना निर्माण गरेको छ । यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन योजना–२०८१ तयार पारेको छ ।
    २०८३ सालसम्ममा कार्ययोजना पूर्ण रूपमा कार्यान्वयनमा लैजाने गरी काम भइरहेको पुनर्वास नगरपालिकाका शिक्षा शाखाका प्रमुख  भट्टले बताउनुभयो ।

    त्यस्तै,कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तोय प्रसाद शर्माले अंग्रेजी भाषा मात्र शिक्षा होइन भन्ने कुरा स्पष्ट पार्दै निजी क्षेत्रका विद्यालयहरूको आफ्नै भूमिका भए पनि सामुदायिक विद्यालयले पनि छुट्टै पहिचान बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो। उहाँले सामुदायिक विद्यालयको सुदृढीकरणमार्फत सबै बालबालिकालाई समान अवसरसहित गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा सहभागी वक्ताहरूले अनिवार्य शिक्षालाई सफल बनाउन अभिभावक, विद्यालय र स्थानीय तहबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरेका थिए। साथै, विद्यालय बाहिर रहेका बालबालिकालाई पहिचान गरी विद्यालयमा ल्याउने अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

    पुनर्वास नगरपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तथा सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने लक्ष्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो।

    पुनर्वास नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित उक्त कार्यक्रममा नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा १ देखि ११ वडाका वडाध्यक्षहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भने कार्यक्रमको सञ्चालन पुनर्वास नगरपालिकाका कर्मचारी तथा विपद् व्यवस्थापन शाखाका फोकल पर्सन ओमनाथ ढकालले गर्नुभएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6