Above Article Ad
  • पुनर्वासमा चट्याङ लागेर दुई जनाको मृत्यु

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिकामा छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

    मंगलबार बिहानै देखि अविरल वर्षासंगै परेको चट्याङ लागेर पुनर्वास नगरपालिका-६ का ३६ वर्षीय देवेन्द्र श्रेष्ठ र पुनर्वास नगरपालिका-८ पिकनिक स्पोर्ट नजिकैकि २५ वर्षीय शारदा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    Article inline ad #1
  • ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लका अनुसार श्रेष्ठ र थापा आ-आफ्नो खेतबारीमा काम गरिरहेको अवस्थामा चट्याङबाट घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

    Article inline ad #2

    मृतक दुबै जनाक प्रहरी मुचुल्का संगै केहि समयपछि पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक मल्लले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    3
    +1
    5

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button