
साइन नेपालद्वारा डोटीको पूर्वीचौकीमा बिरामीलाई बोक्न स्ट्रेचर सहयोग
डोटी-डोटीको पूर्वी चौकी गाउँपालिकामा बिरामीलाई रोक्न सहजताको लागि स्ट्रेचर सहयोग गरेको छ ।
कैलालीको धनगढीमा रहेको मानवीय सेवामा अनेकौं प्रयास नामक संस्था (साइन नेपाल) ले बिरामीको सहजताका लागि गाउँपालिकालाई ५० थान स्ट्रेचर सहयोग गरेको हो।
संस्थाको CAR-22 परियोजनाको स्वास्थ्य सामग्री वितरण कार्यक्रम अन्तर्गत पालिकालाई स्ट्रेचर सहयोग गरेको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो ।
पहाडी क्षेत्रमा सडक सन्जाल जोडिए पनि अझै धेरैजसो वडाहरूबाट बिरामीलाई स्वास्थ्य संस्थासम्म ल्याउन निकै कठिनाइ भइरहेको अवस्था देख्दा संस्था मार्फत आफूले स्ट्रेचर सहयोग गरेको अध्यक्ष जोशीले बताउनुभयो।
सो संस्थाले निस्वार्थ रूपमा सुदूरपश्चिमका तराई तथा पहाडका विभिन्न पालिकाहरुमा कृषि, स्वरोजगार, शिक्षा, स्वास्थ्य र आयआर्जन मूलक क्षेत्रमा केही वर्षदेखि निरन्तर काम गर्दै आइरहेको छ।
















