Above Article Ad
  • विद्यालयद्वारा बाटोको स्त्तरोन्नतीको माग राख्दै नगरपालिकालाई ज्ञापनपत्र

    Above Article Content Ad
  • धनबहादुर बिक/पुनर्वास –कञ्चनपुरको पुनर्वास नगरपालिका ६ स्थित एक बिद्यालयले बिद्यालयसंग जोडिएको बाटो निर्माण गरिदिन नगरपालिकामा ज्ञापनपत्र पेश गरेको छ ।

    बुधबार जीवन ज्योति माविले बिद्यालयसंग जोडिएको जिर्ण बाटोको कारण दुर्घटना हुनथालेपछी मर्मत गरिदिन नगरपालिकालाई ज्ञापनपत्र पेश गरेको हो । 

    Article inline ad #1
  • बिद्यालय व्यवस्थापन समितिले बिद्यालय व्यवस्थापन समिति तथा अभिभावक भेला बसी बिद्यालयसंग जोडिएको अति जिर्ण अवस्थामा रहेको बाटो स्तरउन्नति गरिदिन नगरपालिका लाई ज्ञापनपत्र पेश गरेको छ । बिद्यालयका प्राधानाध्यापक भरत कुमार बस्नेतले उक्त ज्ञापनपत्र नगर प्रमुख तोया प्रसाद शर्मालाई पेश गर्नुभएको छ । नगर प्रमुख शर्माले उक्त ज्ञापनपत्र कार्यपालिका बैठकमा पेश गरि जतिसक्दो चाडै उक्त बाटो निर्माण गरिने जानकारी दिनुभएको छ । बिद्यालयको नजिकै रहेको चोक देखि बिद्यालय हुँदै वडा नम्बर ६ चौरासी धारा चोक सम्म उक्त बाटोमा ग्राभेल गरिएको छ । भने करिब दुई बर्ष अघि ग्राभेल गरिएको उक्त बाटोमा ठुलठुला ढुङ्गाका कारणले दुर्घटना हुँदै आएको स्थानीयले बताएका छन ।

    Article inline ad #2

    पुनर्वास नगरपालिका वडा नम्बर ९ बिँचफाटा देखि बेलौरी , बेलडाडी सम्म आवतजावत गर्ने उक्त सडकमा सवारीसाधन ओहोरदोहोर गर्दा बिध्यार्थि लाई चोटपटक समेत लाग्ने गरेको बिद्यालयका सहायक प्रअ सेते बिस्वकर्माले बताउनुभयो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button