Above Article Ad
  • साईन नेपालद्वारा डोटीको आदर्शमा निःशुल्क कम्प्युटर कोर्ष

    Above Article Content Ad
  • डोटी : डोटीमा तीस जनालाई निःशुल्क आधारभूत तहको कम्प्युटर तालिमको शुभारम्भ गरिएको छ।

    जिल्लाको आदर्श गाउँपालिकाका तीस जनालाई निःशुल्क आधारभूत तहको कम्प्युटर तालिमको शुक्रबार शुभारम्भ गरिएको गरिएको हो।

    Article inline ad #1
  • आदर्श गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी धामी रोकायले तालिमको शुभारम्भ गरेकी हुन् ।

    Article inline ad #2

    मानवीय सेवामा अनेकौँ प्रयास संस्था कैलालीको आर्थिक सहयोग तथा आदर्श गाउँपालिकाको सहकार्यमा तालीमको आयोजना गरिएको हो।

    समय सापेक्ष अहिलेको प्रविधि युक्त समयमा दक्षता र विकासको आवश्यकतालाई मध्यनजर गर्दै प्रविधिको प्रयोगमा सबैको पहुँच पुर्‍याउन तालीमको आयोजना गरिएको उपाध्यक्ष रोकायले बताइन् ।
    उनले भनिन् ,´कम्प्युटरको ज्ञान भएका अहिले पनि धेरै कम छन् ।यस्ता तालीमले जनशक्तिको विकासमा मदत पुग्दछ। तीन महिनाको तालिममा सहभागीहरूलाई समय दिएर सिक्न अनुरोध छ।`

    अहिलेको समयमा अति आवश्यक रूपमा कम्प्युटरको ज्ञानलाई लिने गरेको साइन नेपालका अध्यक्ष भक्तराज जोशीले बताए । अहिले कम्प्युटरको ज्ञान नभई कुनै पनि क्षेत्रमा अधुरो रहने गरेको हुँदा संस्थाले यस्ता तालिमको आयोजना गर्दै आएको उनले बताए ।

    तीन महिनासम्म सञ्चालन हुने बेसिक तहको कम्प्युटरको तालीमको प्रशिक्षक कवीन्द्र रोकाय गर्ने भएका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by