Above Article Ad
  • पुनर्वासमा उद्यमशील कृषि सहकारी संस्थाको शुभारम्भ

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-१० भिमबस्तीमा उद्यमशील कृषि सहकारी संस्थाको शुभारम्भ भएको  छ ।

    शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यमा पानसमा बत्ती बालेर र रिबन काटेर सहकारीको शुभारम्भ गरिएको हो ।

    Article inline ad #1
  • कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख शर्माले नगरपालिका भित्र ३८ वटा सहकारी भएपनि प्रायः सबैको उद्देश्य एउटै जस्तो देखिएको बताउनुभयो ।

    Article inline ad #2

    “कतिपय सहकारी नाममा मात्रै सिमित छन् ।कारोबार नै नगरी बन्द अवस्थामा छन् ।” नगर प्रमुख शर्माले भन्नुभयो, “यस सहकारीले आफ्नो उद्देश्य भित्रै रहेर कृषकका हितमै काम गर्ने विश्वास छ ।”

    उहाँले अनन्त सम्म चलिरहोस, सहकारीको प्रगतीको शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

    त्यस्तै कार्यक्रममा सहभागी अतिथीहरुले सहकारी वास्तवमा आयमुखी भन्दा सेवामुखी हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । नाममा कृषि सहकारी भएपनि कार्यगत गतिविधि भने बचत र ऋणसंग सम्बन्धित कारोबार गर्ने गरेका सहकारी पुनर्वासमै थुप्रै रहेको उहाँहरुको भनाई थियो ।

    यसैगरी कृषि र सिप विकासमुलक कार्यक्रमलाई प्राथमिकतामा राखी सदस्यहरुलाई आत्म निर्भरका साथ लैजाने संस्थाको उद्देश्य रहेको सहकारीका सदस्य काली प्रसाद तिवारीले जानकारी दिनुभयो ।

    उहाँले अहिले सहकारी भिमबस्तीमा स्थापना भएपनि आगामी दिनमा नगरपालिकाका सबै वडामा सेवा विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो ।

    उद्घाटनकै क्रममा वक्तित्वकला समेत आयोजना गरिएको थियो । चार विद्यालय सहभागी रहेको वक्तित्वकलामा आदर्श बोर्डिङ स्कुल प्रथम भएको थियो ।

    सहकारीका अध्यक्ष प्रकाश देवकोटाको सभाध्यक्षमा भएको शुभारम्भ कार्यक्रमको बिशिष्ट अतिथीमा नगरपालिकाका प्रशासकिय अधिकृत धौलराम सार्की रहनुभएको थियो । भने अतिथीमा वडाध्यक्ष शुकदेव राना लगायतका व्यक्तिहरु आसिन हुनुहुन्थ्यो ।

    सहकारीका उपाध्यक्ष राजकुमार चौधरीको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमलाई कोषाध्यक्ष देवेन्द्र बोगटीले सञ्चालन गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button