
पुनर्वासमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन सम्बन्धि अख्तियारद्वारा अन्र्तक्रिया
पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्धन सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
बिहिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको आयोजनामा पुनर्वास नगरपालिकाको सभाहलमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
आयोगको वार्षिक कार्यक्रम अन्तर्गत सुदुरपश्चिमका ४४ ओटा पालिकाहरुमा सो कार्यक्रम गरिरहेको उपसचिव भुमिनन्द खनालले जानकारी दिनुभयो । कार्यक्रममा भ्रष्टाचार जन्य कसुर र सजाय, भ्रष्टाचार नियन्त्रण गर्ने कानुनी र संरचनागत व्यवस्था , भ्रष्टाचार सम्बन्धमा विश्वमा नेपालको अवस्था , आर्थिक वर्ष २०७८÷०७९ मा आयोगमा पर्ने उजुरीको विवरण , भ्रष्टाचार जन्य प्रबृत्तिहरुको बिश्लेषण, भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धनका लागि गर्नुपर्ने काम, आयोगमा दर्ता हुने उजुरीको अनुसन्धान कार्यमा परेका समस्याहरु तथा आयोगको अपेक्षा सम्बन्धि जानकारी गराईएको थियो । कार्यक्रमको औचित्य बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका उपसचिव भुमिनन्द खनालले प्रस्तुत गर्नु भएको थियो । 
बिगत छ वर्षको भ्रष्टाचार अनुभुति सुचाङ्क अनुसार नेपाल एशियाकै पाँचौ नम्बरमा पर्छ । यस वर्षको मंसिर मसान्त सम्मको तथ्यांकअनुसार कञ्चनपुरमा ७४ ओटा उजुरी परेका छन । भने जम्मा २६ ओटा उजुरीको फर्छ्यौट भएको छ । सुदूरपश्चिम प्रदेशमा सबभन्दा बढी भ्रष्टाचारको उजुरी कैलाली जिल्लामा १ सय ५४ ओटा उजुरी परेका छन भने सबभन्दा कम दार्चुलामा परेका छन । चालु आर्थिक वर्षको मंसिर मसान्त सम्म २३ ओटा उजुरी परेका छन ।
कार्यक्रमका सहभागीहरुले पुनर्वास नगरपालिकामा सरकारी सम्पत्तिको दुरूपयोग बढी भएकाले यसको नियमन गरी नियन्त्रण गर्नु पर्ने बताएका छन । कार्यक्रममा बोल्दै नगर प्रमुख तोयप्रसाद शर्माले हामी सबैको प्रयासमा यस्ता गतिबिधि रोक्नुपर्ने र वर्षमा भन्दा ६ महिनामा कार्यक्रम जनस्तरमा गर्नसके अझै लाभदायक हुने बताउनुभयो ।
त्यस्तै उपप्रमुख भुलिया कुमारी रानाले भ्रष्टाचार नियन्त्रण गर्न सबै मिलेर लाग्नु पर्ने बताउनु भयो । भ्रष्टाचार हुनसक्ने योजनाको नियमित अनुगमन गरिरहेको बताउदै त्यस्ता कार्य गर्ने जो कोहि लाई पनि छुट नहुने बताउनु भयो । त्यसैगरी आयोगका सिडिई प्रेमनारायण बस्यालले विभिन्न ठाउँबाट परेका उजुरीका घटनाक्रमको जानकारी दिँदै प्राविधिक विषयमा सचेत भई कार्य गर्नुपर्ने उपस्थित माझ सुझाव राख्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख तोय प्रसाद शर्मा, पचकडिया सब डिभिजन वन कार्यालयका प्रमुख दिनेश कुमार यादव, ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ईन्चार्ज प्रहरी निरिक्षक नरेश राज मल्ल, पुनर्वासमा रहेका सबै बिओपीका ईन्चार्ज, शिक्षक, बुद्धिजीवी लगाएको सहभागिता रहेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका कार्यालय प्रमुख राम बहादुर कुरम्वाङ्गको सभापतित्वमा भएको अन्तरक्रिया कार्यक्रमलाई सञ्चालन नायब सुब्बा हरिदत्त पाण्डेयले गर्नुभएको थियो ।















