
कैलालीमा ९० लाखको शौचालय निर्माण कार्य अलपत्र
धनगढीः कैलालीमा ९० लाखको शौचालय निर्माण कार्य अलपत्र परेको छ।
सो समितिले २८ लाख रुपियाँ खर्चेर एउटा सानो बोरिङ र एउटा शौचालय मात्र बनाएर बाँकी काम अलपत्र अवस्थामा छोडेको हो। अहिले उक्त कार्यको चौतर्फी विरोध भइरहेको छ। स्थानीय मदन भट्टले पार्कको नाममा गुणस्तहिन काम गरेर उपभोक्ता समितिले बदमासी गरेको बताए। आएको बजेट पनि मिलेमतोमा पचाउने गरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन्। दलीय भागबन्डा गरेर बजेट कुम्ल्याउने स्थानीय योगेश आचार्यले आरोप समेत लगाए।
उक्त कार्यअघि बढाउन सुरुमा नवीन धामीको अध्यक्षता निर्माण उपभोक्ता समिति गठन गरिएको थियो। सो समितिले २८ लाख रुपियाँ खर्चेर शौचालय र बोरिङ जडान गरेर बाँकी काम अघि बढाउन सकेको थिएन। त्यसपछि आर्थिक वर्ष २०७८÷७९ मा सुदूरपश्चिम प्रदेश सरकारले थप ४० लाख बजेट विनियोजन गरेको थियो। तर बजेट खर्च भए पनि निर्माण कार्य भने अलपत्र परेको छ। उक्त बजेटमा सामान्य एकतर्फी पर्खाल लगाएर बाँकी काम अलपत्र छोडिएको हो।
करिब १६ बिघा क्षेत्रमा निर्माण हुने भनिएको हर्बल पार्क निर्माणको नाममा अहिलेसम्म करिब ९० लाख रुपियाँ खर्च भइसकेको छ। तर यसपालि भने हर्बल निर्माण कार्य अघि बढाउन बजेट विनियोजन नभएको सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन कार्यान्वयन एकाइका सब–इन्जिनियर नरेन्द्रबहादुर खडायतले बताए।
उनले सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन कार्यान्वयन एकाइबाट हर्बल पार्क बनाउन छुटाइएको ४० लाखमध्ये ३५ लाख ९९ हजार रुपियाँ खर्च भएको बताए। हर्बल पार्क बनाउन करिब १० करोड लगानी अनुमान गरिएको छ। तर चालु आर्थिक वर्षका लागि भने बजेट विनियोजन गरिएको छैन।

























