Above Article Ad
  • बालबागिश्वर शिक्षक पदपूर्ति : विवादै विवादमा पाचौं पटकमा शिक्षक छनौट

    Above Article Content Ad
  • पुनर्वास- ३१ साउनमा पुनर्वास नगरपालिका-७ स्थित बालबागिश्वरी माध्यमिक बिधालयले शिक्षक पदपूर्तिका लागि परिक्षा सञ्चालन गर्‍यो । पाँचौ पटकको परिक्षामा बिधालयले निम्न माध्यमिक तहको सामाजिक विषयको शिक्षक छनौट गर्न सफल भयो ।

    चार पटक सम्म विभिन्न बाधा अडचनका बाबुजुद स्थगित परिक्षा पाँचौ पटक शिक्षक पदपूर्ति परिक्षामा महेश्वर घिमिरे पहिलो स्थानमा छनौट भएको बिधालयले जनाएको छ ।

    Article inline ad #1
  •  

    Article inline ad #2

    मंगलबार पुनर्वास नगरपालिकाको सभाहलमा परिक्षा सञ्चालन तयारी थियो । परिक्षार्थीहरु पनि सबै उपस्थित भईसकेका थिए । तर विद्यालय प्रशासनका कारण चार परिक्षार्थीलाई परिक्षामा अनुपस्थित गराउने सुचना परिक्षा समयावधि भन्दा केहि मिनेट अघि बिधालयले सुचना पार्टीमा सुचना टास गर्‍यो । अन्तिम समयमा आएर सूचना टास भएपछि परिक्षार्थीहरुले चर्को विरोध गरे त्यैपनि उनीहरुको दरखास्त बिधालयले नियम विपरित लिएकाले परिक्षा समितिले नियम विपरित रहेकाले उनीहरुलाई अनुपस्थित गराउने निर्णय गर्‍यो ।

    अनुपस्थित गराएको विषयमा बिधालय निरिक्षक शिवराज भट्टसंग बुझ्दा  शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधन सहित) को नियम ९ को उपनियम १(ख) मा निमावि शिक्षकका लागि सम्बन्धित विषयमा प्रवीणता तह वा सो सरह उत्तीर्ण गरी शिक्षा विषयमा दश महिने तालिम लिएको हुनुपर्ने व्यवस्था रहेकाले अनुपस्थित गराएको बताए । उनले बिधालयले कागजातका विषयमा आफुसंग केहि दिन अघि समन्वय गरेको भए यस्तो समस्या नआउने उल्लेख गरे ।

    त्यस्तै निर्णय प्रति आक्रोशित बनेका परिक्षार्थी प्रमिला रिजालले मेजर अङ्ग्रेजीले पनि परिक्षा दिन पाउने भन्ने भएपछि हामीले दरखास्त दियौ । एक हप्ता अघि परिक्षा दिन आयौं, बिनि सरको अनुपस्थिति पछि परिक्षा क्यान्सिल भयो । उनले भनिन, मंगलबार ९ बजे बोलाईयो तर साढे दश बजेसम्म परिक्षा भएन, म लगायत चार जनालाई एक मिनेटमै नियम चेन्ज बनाईयो ।

    उनले बिधालयका प्रीन्सिपल सरले नियम थाहा छैन भन्ने कुरा र विषय पुर्णाङ्क नपुगेको भनि परिक्षा सञ्चालन भन्दा केहि मिनेट अगाडी सुचना निकाल्नु कत्तिको जायज हो । चेन्ज भएको नियमको बारेमा पहिले नै हेरेर सुचना प्रकाशन गर्नुपर्ने भन्दै आक्रोश व्यक्त गरिन ।

    मनपरीतन्त्र र आफन्तवादका कारण आफुहरुलाई समस्या हुन पुगेको उनले गुनासो गरिन ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by