निड्स नेपालद्वारा पालिका स्तरीय कोभिड परियोजना जानकारी कार्यक्रम सम्पन्न
पुनर्वास- कोभिड-१९ संक्रमणदर बढ्न थालेपछि गैरसरकारी संस्था निड्स नेपालले पुनर्वास नगरपालिकामा कोभिड परियोजना सुरु गरेको छ ।
मंगलबार पुनर्वास नगरपालिकाका स्वास्थकर्मी र जनप्रतिनिधिहरुसंग कोभिड-१९ भ्याक्सिनेसन कभरेज पुर्ण बनाउन निड्स नेपालको परियोजना जानकारी बैठक बसेको हो ।
कार्यक्रममा कोभिड भ्याक्सिनको अवस्था, भ्याक्सिन लगाएको संख्या र छुटेकाहरुको संख्याको विषयमा स्वास्थ्य कार्यालय कंचनपुरका खोप फोकल पर्सन जनक कुवँरले जानकारी लिदै आवश्यक सहजीकरणका लागि स्वास्थ्य कार्यालयसंग समन्वय गरी अघि बढ्न सुझाव दिए ।
जिआईजेटको सहयोग र निड्स नेपालको सहजीकरण लागु भएको सो कार्यक्रम कंचनपुर जिल्लाका ९ ओटा पालिकामा सुरु गरिएको कार्यक्रम संयोजक बिनोद कडाराले जानकारी दिए ।
पुनर्वास नगरपालिका-११ का वडाध्यक्ष तथा कार्यवाहक नगर प्रमुख तुलसी अर्यालको अध्यक्षतामा भएको कार्यक्रमलाई सहजीकरण निडस नेपालका सामाजिक परिचालक रामचन्द्र उपाध्याय र परियोजना अधिकृत चरण जोशीले गरेका थिए ।