
पुनर्वासका मेयर शर्माद्वारा बेलौरीको कालिका मन्दिरलाई आर्थिक सहयोग
बेलौरी- कंचनपुरको बेलौरी नगरपालिका-४ मा निर्माणाधीन अवस्थामा रहेको कालिका मन्दिरलाई आर्थिक सहयोग दिएको छ ।
शनिबार भेटघाटकै क्रममा बेलौरी पुगेका पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्माले निर्माणाधीन अवस्थामा रहेको कालिका मन्दिर निर्माणका लागि आर्थिक सहयोग गरेको हो ।
मन्दिरको दर्शनका क्रममा मेयर शर्माले नगद कालिकाको थानमा राख्दै धार्मिक क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्न आफुबाट सक्ने सहयोग गर्न तयार भएको बताए ।
२८ लाख बेलौरी नगरपालिका र देश तथा विदेशमा रहनुभएका दान दाताहरुको आर्थिक सहयोगबाट करिब ६० लाख बराबर लगानी भएको मन्दिर निर्माण समितिका अध्यक्ष प्रकाश पन्तले जानकारी दिए ।
अध्यक्ष पन्तका अनुसार मन्दिर निर्माण कार्य सम्पन्न हुन जम्मा एक करोड लाग्ने अनुमान गरिएको बताए ।
केहि दिन अघि मात्रै शुक्लाफाटा नगरपालिकाकी उपप्रमुखले पनि मन्दिर निर्माणका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको मन्दिर समितिका अध्यक्ष पन्तले बताए ।