
अमर श्रीकृष्ण सामुदायिक वन उपभोक्ता समूहको नवौं वार्षिक साधारण सभा सम्पन्न
Above Article Content Ad
पुनर्बास -कंचनपुरको दक्षिण भेग पुनर्बास ११ स्थित अमर श्रीकृष्ण सामुदायिक वन उपभोक्ता समूहको नवौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथी पुर्ब गाबिस अध्यक्ष भक्त बहादुर अधिकारि, समूहका पदाधिकारीहरू, उपभोक्ता सदस्यहरू, स्थानीय प्रतिनिधिहरू, तथा सरोकारवालाहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
सभामा वन संरक्षण, दिगो व्यवस्थापन, तथा समुदायको समृद्धिका लागि चालु आर्थिक वर्षमा भएका उपलब्धिहरूको समीक्षा गर्दै आगामी योजनाहरू तय गरियो। वनको विकास, उपभोक्ताको हकहित, तथा हरियाली प्रवर्द्धनमा समुदायको थप सक्रिय सहभागिताका लागि महत्वपूर्ण छलफलहरू गर्नु पर्ने प्रमुख अतिथि पुर्ब गाबिस अध्यक्ष भक्त बहादुर अधिकारीले बताए ।
कार्यक्रममा अध्यक्ष ले सामुदायिक वनको प्रभावकारी व्यवस्थापन, पारदर्शिता, तथा आर्थिक सशक्तीकरणका विषयमा प्रकाश पार्दै सबै उपभोक्ताहरूलाई जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गरे।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad














