Above Article Ad
  • पुनर्वासमा एक दिने कुष्ठरोग सम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वासमा कुष्ठरोग सम्बन्धी स्वास्थ्य शिक्षा तथा एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
    शुक्रबार स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा कालिका स्वास्थ्य संस्थामाको सभाहलमा कुष्ठरोग सम्बन्धी एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
    कालिका स्वास्थ्य चौकी प्रमुख जयबन्धु अर्यालको अध्यक्षता तथा पुनर्वास नगरपालिकाका स्वास्थ्य प्रमुख राम बहादुर धामीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमलाई सहजीकरण कञ्चनपुरका क्षयरोग÷कुष्ठरोग फोकल पर्सन नरेन्द्र सिँह रावलले गरेका थिए ।

    कार्यक्रममा कालिका स्वास्थ्य प्रमुख अर्यालले कुष्ठरोगलाई समुदायमा अझै पनि श्रापले लाग्ने रोगका रुपमा भन्ने गरिएको बताए ।
    सो रोग श्राप र वंशाणुगत गुणका आधारमा सर्ने रोग नभएर व्यक्टेरियाको माध्यमबाट शरिरमा दाग जस्ता विभिन्न रुपमा देखिने उनको भनाई छ ।
    सचेतना दिँदै संस्था प्रमुख अर्यालले कुष्ठरोगका लक्षणहरु श्रिरमा देखा परे स्वास्थ्य कार्यालयमा सम्पर्क गरि सर्नबाट जोगिन अनुरोध गरेका थिए ।

    Article inline ad #1
  • कुष्ठरोगका लागि जोखिम क्षेत्र मानिएको पुनर्वास र लालझाडीमा मात्रै उक्त अन्र्तक्रिया कार्यक्रम गरिएको कञ्चनपुरका क्षयरोग÷कुष्ठरोग फोकल पर्सन नरेन्द्र सिँह रावलले बताए ।

    Article inline ad #2

    उक्त एकदिने अन्र्तक्रिया कार्यक्रममा महिला स्वास्थ्य स्वयंमसेविका, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी लगायतका व्यक्तिहरु सहभागी थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button