Above Article Ad
  • डोटीको आदर्श गाउँपालिका-७ मा नेपाली काङ्ग्रेसका वडाध्यक्ष विष्ट प्यानल सहित विजयी

    Above Article Content Ad
  • डाेटी ३१  बैशाख  / डोटीमा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नं. ७ को वडाध्यक्षमा  नेपाली कांग्रेसका उम्मेदवार लाल बहादुर विष्ट प्यानल सहित विजयी हुनुभएको हो ।

    विष्ट ३३६ मत ल्याएर वडाध्यक्षमा निर्वाचत हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार वीर बहादुर विष्टले २९८ मत मात्रै प्राप्त गर्नुभएको छ ।

    Article inline ad #1
  • एमालेको आधारक्षेत्र मानिने सो क्षेत्रमा २०४८ साल देखि नेपाली कांग्रेसले पराजय भोग्दै आएको थियो । २०७४ सालको निर्वाचनमा एमालेका तर्फबाट लाल बहादुर विष्ट वडाध्यक्षमा विजयी भएका थिए । नेपाली कांग्रेसले धेरै वर्ष पछि एमालेको आधार इलाका भत्काएको दावी गरेको छ ।

    Article inline ad #2

    त्यसैगरी दुबै जना खुल्ला सदस्यहरु, महिला सदस्य र दलित महिला सदस्यमा पनि कांग्रेसकै उमेदवार विजयी हुनुभएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button