Above Article Ad
  • मेरो उम्मेदवारी नितान्न वडाको सेवाको लागि हो : वडाध्यक्ष उम्मेदवार जेठारा

    Above Article Content Ad
  • बैशाख ३० गते नेपालमा संघियपछिको दोस्रो स्थानिय तहको निर्वाचन हुँदै गर्दा विभिन्न दलबाट युवाहरुबाट प्रतिनिधित्व हुनेगरी निर्वाचनमा उम्मेदवारी रहेको छ । निर्वाचनकै सेरोफेरोमा रहि कञ्चनपुरको पुनर्वास नगरपालिका–५ नम्बर वडाबाट गठबन्धन दल –नेकपा एकिकृत समाजवादी र माओवादी केन्द्र )का तर्फबाटका वडाध्यक्ष पदका उम्मेदवार युवा नेता धर्मेन्द्र जेठारासँग चुनावी एजेण्डाका विषयमा गरिएको संक्षिप्त कुराकानीको एक अंश ।

    १. वडाध्यक्षमा उम्मेदवारी दिनुभाको छ । तपाईको उम्मेदवारी किन र के का लागि हो ?

    Article inline ad #1
  • सर्वप्रथम त प्रश्नका लागि धन्यवाद ! मेरो उम्मेदवारीके का लागि भन्दा नितान्न वडाको सेवाको लागि हो । जसमा वडाबासीहरु लाभान्वित हुने कुरामा ढुक्क हुनुहोला । मैले आफु वडाध्यक्षमा निर्वाचित भएर आएपछि सर्वप्रथम त सामुदायिक विद्यालयमा खस्किदो शिक्षा प्रणालीमा विकास र परिवर्तन ल्याउछु, वडाबासीलाई सर्वसुलभ स्वास्थ्य उपचार सेवाको व्यवस्था गर्छु , कषि क्षेत्रमा आधुनिकरण तर्फ बिस्तार गर्छु , युवाहरुमा बढ्दो लागुऔषध दुव्र्यसनी नियन्त्रण तथा रोकथाम गर्छु, खेलकुद क्षेत्रको विकास गर्छु , स्थानिय कला संस्कृतिको जगेर्ना गर्छु , सिपमुलक तालिम ल्याई स्वरोजगार सिर्जना गर्छु, सबै क्षेत्रमा समावेशी तरिकाले अघि बढ्दै एउटा नमुना वडाको अवधारण ल्याउछु ।

    Article inline ad #2

    २. तपाईले वडाध्यक्षमा उम्मेदवारी त दिनुभयो । तर समाजका लागि विगतमा के गर्नु भयो र जित्ने आधार के छ ?

    विगतमा मैले निस्वार्थ भावनामा थुप्रै सामाजिक सेवा गर्दै आएको छु । त्यसको सामाजिक सञ्जाल लगायत अन्य कहि पनि कुनै प्रचार प्रसार भने गरिने, जहाँसम्म मेरा वडा बासीहरुले सम्झनु भएको छ भन्ने कुरामा म विश्वस्त छु । नढाँटी भन्नुपर्दा वडाबासीको मुल्यांकन नै मेरो जितको आधार हो ।

    ३. नगरकै कान्छो उम्मेदवारको रुपमा उभिनुभएको छ । के पत्याउलान त तपाईलाई वडाबासीले ?

    मज्जाको प्रश्नका लागि हजुर प्रति आभारी छु । किनकी यस्तो हरकसैको मनमा लाग्न सक्छ । भनिन्छ नि नपत्याउने खोलाले बगाउँछ भनेर , अहिलेको बदलिँदो परिस्थितिमा देशमा युवा शक्ति नै खोजिरहेको अवस्था छ । त्यसैले युवाको प्रतिनिधित्व गर्दै म पनि एउटा युवा नै आएको भएर पनि वडाबासीले उमेरलाई भन्दा पनि मेरो जोस जागरलाई पत्याउछन् भन्ने कुरामा पूर्ण विश्वास लागेको छ ।

    ४. अन्तमा के भन्न चाहनुहुन्छ आफ्ना मतदाताहरुलाई ?

    अन्तमा म यही भन्छु की समाजले परिवर्तन खोजेको छ, विकास र समृद्धि खोजेको छ, र नेपालमै केहि गर्छु भन्ने म जस्ता युवा उम्मेदवार खोजेको छ । म पनि त्यही मान्यताका साथ उभिएको छु , तसर्थ सबै मतदाताहरुलाई यस पटक ऐतिहासिक निर्णय गरि नेपालको राजनीतिमा म जस्तो युवाको प्रतिनिधित्व कायम गराउन हुन अनुरोध गर्दछु ।

    हेर्नुस भिडियोमा अन्तर्वाता !

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button