Above Article Ad
  • कैलालीको गौरीफन्टा नाकामा पनिअझै आवतजावतमा रोक

    Above Article Content Ad
  • कैलाली- कैलाली स्थित नेपाल भारत जोड्ने मुख्य नाका गौरीफन्टामा अझै पनि आवतजावतमा कडाई गरिएको छ।  नेपालमा भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलन पश्चात उत्पन्न परिस्थिलाई मध्यनजर गरि भारतीय सशस्त्र सिमा बल (एसएसबी)ले गत बुधबारदेखि नेपालीहरुलाई भारत प्रवेशमा रोक लगाएको थियो।

    तर नेपालमा परिस्थिति साम्य भईसक्दा पनि आवतजावतमा काडाई गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। कैलाली लगायत देशका विभिन्न कारागारहरुबाट अझैपनि कैदीहरु फरार छन्। दुबै देशको सुरक्षा स्थितिलाई मध्यनजर गर्दै भारत जाने र भारतबाट आउने नागरिकहरुलाई परिचय खुल्ने कागजात भए मात्रै आवतजावत गर्न दिईरहेको जिल्ला प्रशासन कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

    Article inline ad #1
  • “सुरक्षा चुनौती कायमै छ, नाका वारपार गर्न परिचय खुल्ने कागजात चाहिन्छ, यद्दपी सशस्त्र प्रहरीसंग समन्वय गरेर नाकामा सहजीकरण गर्ने प्रयास भईरहेको छ” उनले भने।  तर कञ्चनपुर स्थित गड्डाचौकी नाका भने आजबाट पूर्ण रुपमा खुला गरिएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by