Above Article Ad
  • कैलालीकी विद्यार्थीको जापानमा रहस्यमय मृत्यु

    Above Article Content Ad
  • जापान -कैलालीको लम्की–बाहुनपुर घर भएकी नेपाली विद्यार्थी गोमा राउतको जापानमा असामयिक निधन भएको छ।

    जनिशी टोकियो इन्टरनेसनल कलेजमा अध्ययनरत राउतको शोवा जनरल अस्पतालमा निधन भएको जानकारी प्राप्त भएको छ। उनको मृत्युको कारण खुल्न नसकेको र घटना रहस्यमय देखिएकाले थप अनुसन्धानका लागि पार्थिव शरीर प्रहरीको नियन्त्रणमा राखिएको बताइएको छ।

    Article inline ad #1
  • घटनाबारे जापानी प्रहरीले अनुसन्धान अघि बढाइरहेको जनाइएको छ। मृत्युको वास्तविक कारण पत्ता लगाउन आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया जारी रहेको छ।

    Article inline ad #2

    विदेशी भूमिमा अध्ययन गर्दै उज्ज्वल भविष्यको सपना बोकेर अघि बढिरहेकी गोमा राउतको निधनको खबरले जापानमा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6