Above Article Ad
  • ४ जना मृत अवस्थामा फेला

    Above Article Content Ad
  • काठमाडौँ – देशका विभिन्न चार जिल्लामा चार जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सुनसरी, मोरङ, सिन्धुली र तनहुँका विभिन्न स्थानमा बिहीबार उनीहरू मृत फेला परेका हुन् ।

    सुनसरीको इनरुवा नगरपालिका–८ खोरिया टोलस्थित बाटोको नालामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

    यस्तै, मोरङको केराबारी गाउँपालिका–२ फाईवा बस्ने ३१ वर्षीया पार्वती लिम्बु सोही ठाउँस्थित बारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

    Article inline ad #1
  • यसैगरी, सिन्धुलीको मरिण गाउँपालिका–२ मुङ्ग्रे दोभान बस्ने ६५ वर्षीय मान बहादुर माझी सोही ठाउँस्थित मरिण खोलाको किनारमा बिहीबार मृत फेला परेको प्रहरीले जनाएको छ ।

    Article inline ad #2

    त्यस्तै, तनहुँको ब्यास नगरपालिका–१० दुम्सीकोट बस्ने ६७ वर्षीय मिन बहादुर थापा सोही ठाउँस्थित बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

    सबै घटनाका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट आवश्यक अनुसन्धान भइरहेको समाचार कक्षले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6