Above Article Ad
  • कार्तिक २६ देखि पुनर्वासमा बृहत् सांस्कृतिक महोत्सव हुँदै

    Above Article Content Ad
  • कञ्चनपुर- पुनर्वास नगरपालिका–९ विचफाँटास्थित पर्यटकीय क्षेत्र प्यारातालको पर्यटन प्रवर्द्धन तथा स्थानीय कला, संस्कृति र पहिचानको संरक्षण गर्ने उद्देश्यले प्रथम बृहत् सांस्कृतिक महोत्सव–२०८३ आयोजना हुने भएको छ।

    श्री परोपकार समाज नेपाल पुनर्वास–९ को आयोजनामा आगामी कार्तिक २६ देखि ३० गतेसम्म पाँच दिन महोत्सव सञ्चालन हुनेछ। बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले महोत्सवको तयारी र उद्देश्य सार्वजनिक गरेको हो।

    Article inline ad #1
  • ‘प्यारातालको पहिचान, पर्यटन विकास र समृद्धिको अभियान’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवमा स्थानीय कला, संस्कृति, मनोरञ्जन तथा पर्यटकीय गतिविधिलाई प्राथमिकता दिइनेछ।

    Article inline ad #2

    महोत्सवले प्याराताललाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउनुका साथै स्थानीय व्यापार, व्यवसाय र आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने आयोजकको अपेक्षा छ।

    यस वर्ष महोत्सवमा प्रवेशका लागि टिकटको व्यवस्था गरिएको छ भने मदिरा सेवन तथा बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाइने आयोजकले जनाएको छ। महोत्सवलाई मर्यादित, सुरक्षित र पारिवारिक वातावरणमा सम्पन्न गर्न स्थानीयवासी, व्यवसायी तथा सरोकारवालासँग आयोजकले सहयोगको अपिल गरेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6